यो देश जहाँ छ  , १००,०००,०००,०००,००० डलरको नोट !

काठमाडौं । तपाईंले अहिले सम्मको सबैभन्दा ठूलो नोट कति दरसम्मको देख्नुभएको छ ? नेपालको १ हजार, भारतको २ हजार वा अरु कुनै देशको अझै धेरै दरको । तर के तपाईंलाई थाहा छ संसारमा १०० ट्रिलियन डलरको नोट पनि जारी भएको छ । यो दर अंकमा लेख्दा १ को पछाडि १४ वटा शुन्य हुन्छन् ।

कुनै बेला यति धेरै दरको नोट जारी गर्न बाध्य भएको देश जिम्बाब्वेले अहिले फेरि आर्थिक संकटको सामना गरिरहेको छ । वास्तवमा अति महंगी भएका केही देशहरूमा जिम्बावे पनि हो । २००८ मा जब सम्पूर्ण विश्व आर्थिक चुनौतीहरुसंग लडिरहेको थियो, जिम्बाब्वेको स्थिति बिग्रिएको थियो। त्यसपछि जिम्बाब्वेमा महंगी यति अनियन्त्रित भयो कि रिजर्भ बैंक अफ जिम्बावेले १०० ट्रिलियन डलरको नोट जारी गर्नुपर्‍यो।

गम्भीर आर्थिक संकटका कारण जिम्बाब्वेको विदेशी मुद्रा सञ्चिति समाप्त भएको थियो र यसको मुद्रा जिम्बाब्वे डलरको मूल्य कीर्तिमानी न्यूनमा झरेको थियो । त्यतिबेला जिम्बाब्वे यस्तो संकटग्रस्त अवस्थामा थियो कि नोभेम्बर २००८ मा महंगी दर ७९,६००,००,००० प्रतिशत पुगेको थियो। यसले जिम्बाब्वे डलरको मूल्यलाई असर गर्यो।



यसको मूल्य यति कम भएको थियो कि कालो बजारमा रोटीको टुक्रा १००० मिलियन जिम्बाब्वे डलर पुग्यो। त्यसकारण रिजर्भ बैंक अफ जिम्बाब्वेले ट्रिलियन इकाइ मुद्रा ल्याउन आवश्यक थियो। त्यसपछि त्यहाँ १०० लाख करोड एकाइ र ५० लाख करोड एकाइको मुद्रा सामान्य भएको थियो। यद्यपि, जिम्बाब्वेले पछि अमेरिकी डलर र अफ्रिकी र्यान्ड अपनाएर आफ्नो मुद्रा बन्द गर्यो।

जिम्बाब्वेमा महंगी फेरि तीव्र गतिमा बढ्न थालेको छ। मे महिनामा महंगी १ सय ३१ दशमलव ७ प्रतिशत पुगेको छ । गत जून यता पहिलो पटक महंगी शतप्रतिशत नाघेको छ । यसअघि अप्रिलमा महंगी ९६ दशमलव ४ प्रतिशत रहेको थियो । अहिले कोरोना महामारीपछि रुस र युक्रेनबीच महिनौंसम्म चलेको लडाइँले जिम्बाब्वेको अवस्थालाई बिग्रन मद्दत गरेको छ ।

समाचार अनुसार जिम्बाब्वेमा फेरि विदेशी मुद्रा अभावको संकट उत्पन्न भएको छ । यस संकटका कारण कम्पनीहरूले अन्य देशबाट सामान किन्न नसक्ने र जिम्बावेमा उत्पादन ठप्प भएको छ । युक्रेन जिम्बावेलाई गहुँ र मलको प्रमुख आपूर्तिकर्ता थियो। युद्धका कारण अहिले यी दुईको आपूर्ति अवरुद्ध भएको छ । बदलिएको अवस्थालाई हेर्दा सन् २००८ को युग फेरि फर्किने डर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय