आवेदन दिएको १ महिनाभित्र सवारी चालक अनुमतिपत्रको परीक्षा सञ्चालन गर्ने

काठमाण्डौ । अब आवेदन दिएको १ महिनाभित्र सवारी चालक अनुमतिपत्रको परीक्षा सञ्चालन गर्ने व्यवस्था हुने भएको छ ।

सरकारले बजेटमार्फत यस्तो घोषणा गरेको हो ।

अर्थमन्त्री जनार्दन शर्माले सवारी चालक अनुमतिपत्रका लागि लिइने परीक्षा आवेदन दिएको १ महिनाभित्र गरिसक्नुपर्ने व्यवस्था मिलाइने बताए । उनले अब सबै प्रदेश यातायात कार्यालयबाटै परीक्षा लिई समयमै लाइसेन्स वितरण गर्नुपर्ने व्यवस्था गरिएको प्रष्ट पारे ।

उनले देशका मुख्य शहरका सार्वजनिक यातायातमा विद्युतीय माध्यमबाट भाडा भुक्तानीको प्रविधि सुरु गरिने घोषणा समेत गरेका छन् ।

यस्तै, सार्वजनिक सेवा दिने पेट्रोलियम सवारी साधनलाई विद्युतीय सवारी साधनमा रुपान्तरण गर्ने व्यवस्था समेत मिलाइने उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय