स्यानिटरी प्याड आयातमा ९० प्रतिशत छुट

काठमाण्डौ – सरकारले स्यानिटरी प्याड आयातमा लगाउँदै आएको भन्सार महसुलमा ९० प्रतिशत छुट दिने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै यस्ताे बताउनुभएकाे हाे । नेपालमा नै स्यानिटरी प्याड उत्पादन गर्ने उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थको आयातमा एक प्रतिशत मात्रै भन्सार महसुल लाग्ने गरी भन्सार दरमा उल्लेखिय छुट दिने व्यवस्था मिलाइएको उहाँकाे भनाइ छ ।

सरकारी वा सार्वजनिक निकायले स्वीकृत कार्यक्रमअनुसार वितरण गर्ने स्यानिटरी प्याड अनिर्वाय रूपमा स्वदेशी उत्पादनबाट खरिद गरिएको हुनुपर्ने पनि शर्माले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय