उद्वारमा खटिएका सुरक्षाकर्मी भन्छन्, ‘समयमै उद्दार भएको भए केही बाँच्न सक्ने थिए’

काठमाडौं । तारा एअर दुर्घटनाका २४ घण्टापछि मृतहहरुको उद्दार गरिएको छ । दुर्घटनास्थल मुस्ताङको थासाङबाट सुरक्षाकर्मीहरुले मृतकहरुको शव बटुल्दै धमाधम उद्दार गरेका छन् ।



उद्दारको क्रममा देखिएको दृश्यअनुसार समयमै उद्दार गर्न सकिएको भए केही घाइतेहरु बाँच सक्ने सम्भावना देखिएको एक उद्दारमा सटिएका सुरक्षाकर्मीले बताए ।
नेपाल नागरिक उड्यन प्राधिकरणले तारा एयरको विमान दुर्घटना हुँदा ज्यान गुमाएकामध्ये हालसम्म १४ जनाको शव फेला परेको जनाएको छ ।
प्राधिकरणका अनुसार उनीहरूको शव भने पहिचान हुन बाँकी छ । विमानमा सवार केही यात्रीको अझै शव फेला परेको छैन ।
नेपाली सेना, प्रहरी र स्थानीयवासी बिहानैदेखि उद्धार कार्यमा खटिएका छन् ।

प्राधिकरणले एयर डाइनेष्टी, कैलाश हेलिकप्टर र फिस्टेल एयरको हेलिकप्टर विमान दुर्घटना भएको स्थलमा अवतरण गरेर उद्धार कार्य भइरहेको जानकारी पनि दिएको छ । विमान दुर्घटना मुस्ताङको थासाङ गाउँपालिका २ को सानुसरे भन्ने ठाउँमा हिजो बिहान भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय