कबड्डी ४’ की अभिनेत्रीमाथि दुर्व्यवहार गरेकाे आराेपमा पक्राउ परेका लामा रिहा

काठमाण्डाै – एक जना अभिनेत्रीलाई दुर्व्यहार गरेको आरोपमा पक्राउ परेका फुर्वा लामा रिहा हुनुभएको छ ।

‘कबड्डी ४’ फिल्मकी नायिका मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका लामालाई तीन हजार रुपैयाँ धरौटीमा रिहा गरिएको महानगरीय प्रहरी परिसर काठमाण्डाैका एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

बौद्ध भिक्षुसमेत रहेका मुगुका लामाविरुद्ध अभिनेत्री मगरले सुन्धाराको सिभिल मलको कफी शपमा आफूमाथि दुर्व्यवहार गरेको प्रहरीमा उजुरी दिनुभएको थियो । उजुरीपछि लामालाई पक्राउ गरी जनसेवा प्रहरी वृत्तमा राखिएको थियो ।

लामालाई पक्राउ गरिएको विरोधमा आज काठमाण्डौ चाबहिलमा प्रदर्शनसमेत भएको थियो । यस्तै लामा रिहा भएपछि कर्णालीका बासिन्दा र लामा समुदायले आज दिउँसो २ बजे माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने र प्रशासनमा उजुरी दिने कार्यक्रम राखेकामा त्यो स्थगित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय