प्याड आयातमा सरकारले ९० प्रतिशत छुट दिएपछि सेनेटरी उत्पादक विरोधमा

सेनेटरी प्याड आयातमा सरकारले ९० प्रतिशत छुट दिने निर्णयको नेपाल सेनेटरी प्याड उत्पादक संघले विरोध जनाएको छ । संघले मंगलबार पत्रकार सम्मेलन गर्दैे सरकारको यस्तो निर्णयले नेपालका प्याड उद्योगहरु धरायशी हुने भन्दै तत्काल निर्णय फिता नलिए संघर्षमा जाने चेतावनी दिएको हो ।

नेपालमा ठूला साना गरी ३५–४० उद्योगहरु सञ्चालनमा रहेका छन् । ६ अर्वको लगानीमा ९० करोड थान सेनेटरी प्याड उत्पादन भइरहेको छ । ६ हजार जनाले रोजगारी पाइरहेका छन् । जसमध्ये अधिकांश महिलाहरु रहेको संघले जनाएको छ ।

बजेट भाषणमा आयातीत सेनेटरी प्याडमा ९०% भन्सार महशुल छुटको घोषणा गरेको छ । हालको १५% रहेको भन्सार महशुल अव १.५% मात्र लागु हुनेछ जबकी कच्चा पदार्थमा १% भन्सार महशुलको घोषणा गरीएको छ तर केही कच्चा पदार्थ तथा प्याकेजिङ मटेरीयलमा लाग्ने ५४ अन्त शुल्क वारे कुनै घोषणा नगरेको भन्दै संघले आपक्ति जनाएको हो ।

तयारी वस्तु भन्दा कच्चा पदार्थमा बढी कर तिर्नुपर्ने भन्दै सरकारको यो कदमले स्वदेशी उद्योगहरु अप्रतिस्पर्धी भई बन्द हुने ठहर संघले गरेको छ । डेढ अर्बको हालको आयात अत्याधिक बढेर ५ वर्षमा वार्षिक ७५ अर्ब पुग्ने र व्यापार घाटाको डरलाग्दो घेराबाट उम्किन नीजि क्षेत्र नसक्ने भन्दै आपत्ति जनाएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष डोलराज अधिकारीले ०७९÷८० को बजेटले प्याड उद्योगीहरुमाथि अन्यायमा परेको सुनाए । उनले भने,–‘सेनेटरी प्याड आयातमा ९० प्रतिशत छुट दिएको छ । सरकारले आयातमा यति धेरै छुट दिन आवश्यक छैन् । उनले तत्काल यो निर्णय फिर्ता लिन सरकारसँग माग राखे ।

‘हामीले कर तिर्छौ, काम गर्ने वातावरण देउ भन्ने दुइटा माग गरेका छौ ।’–उनले भने । उनले स्वदेशी उद्योगलाई धरायशी बनाउने खालको बजेट आएको सुनाए नेपालमा ४० देखि ३५ वटा देशभर प्याड उत्पादन गर्ने कम्पनी रहेको हो ।

प्याड उद्योगमा सबै जनाको गरेर ६ अर्ब बढी लगानी रहेको उनले बताए । नेपालमा जम्मा खपत ३० करोड हुने भन्दै आवश्यक ९० करोड उत्पादन गर्ने क्षमता नेपाली उद्योगमा रहेको उल्लेख गरे । उनले ६० प्रतिशत उत्पादन भएका प्याड कहाँ बेच्ने त्यसको टुंगो नभएको उनले स्पष्ट पारे ।
उनले भने,‘यस्तो अवस्थामा सरकारले आयातलाई हदैसम्मको सुविधा दिएर विदेशी मोडललाई प्राथमिकता दिएको हो । उनले सरकारको १.५ प्रतिशत कर लगाएर आयात गर्ने नीतिले नेपाली उद्योगहरु ध्वस्त र बन्द हुने अवस्था सिर्जना भएको बताए । उनले भने,‘६ हजार जनाको रोजगारी गुमाउने अवस्था छ ।’–उनले भने ।

६ अर्ब गुमाउनु पर्ने अवस्था आएको भन्दै उनले अबिलम्ब सरकारले यो निर्णय फिर्ता नलिएमा जुनसुकै पहल कदमी चाल्न बाध्य हुनेपनि चेतावनी दिए । ‘उद्योग चलाउने अवस्था छैन्, सबै उद्योगीहरु मिलेर अर्थमन्त्री र सरकारलाई तालाचावी बुझाउने निर्णय गरेका छौ ।’
पाकिस्तानमा बाहिरका सामान आयातमा २० प्रतिशत आयातमा कर लगाइएको भन्दै भारतमा पनि २३ प्रतिशत कर लिएको उल्लेख गरे । तर, नेपालमा १.५ प्रतिशत आयातमा ट्याक्स लिएर नेपाली उद्योगलाई ध्वस्त गर्ने, सिध्याउने, नष्ट गर्ने नीतिले उद्योग सकिने अवस्थामा पुगेको उनले बताए ।

त्यस्तै, नेपाल राष्ट्रिय उद्योग व्यापार महासंघको उपाध्यक्ष सुर्यबहादुर थापाले सरकारले आयात कर कम गर्दा सेनेटरी प्याड मात्र नभई धेरै उद्योगहरुमा समस्यामा परेको बताए । उनले नेपाल सरकार पनि सेन्थेटिक प्याड उद्योगको २५ प्रतिशत पार्टनर भएको जानकारी दिए । उनले भने,‘सरकार आफैले योजना बनाउनुपर्ने जिम्मेवारी भएपनि उल्टै राज्यले नै विदेशबाट आउने सामानहरु, मल्टिनेशनल कम्पनीमा आउने सामानहरुलाई प्राथमिकतामा राखेर ९० प्रतिशत राजस्व घटाएको छ त्यसमा मेरो आपक्ति छ ।’

उनले राज्यले आपू पार्टनर भएको पनि बिर्सिएको समेत टिप्पणी गरे । यस्ता उद्योगबाट ६ हजार महिलाले रोजगारी पाएको उल्लेख गर्दै उनले ६ हजारले रोजगारी गुमाउने अवस्था आउन लागेको समेत जिकिर गरे ।

बजेट भाषणमा आयातीत सेनेटरी प्याडमा ९०% भन्सार महशुल छुटको घोषणा गरीएको छ । हालको १५% रहेको भन्सार महशुल अव १.५% मात्र लागु हुनेछ जबकी कच्चा पदार्थमा १% भन्सार महशुलको घोषणा गरीएको छ तर केही कच्चा पदार्थ तथा प्याकेजिङ मटेरीयलमा लाग्ने ५४ अन्त शुल्क वारे कुनै घोषणा गरीएको छैन । यसो हुँदा तयारी वस्तु भन्दा कच्चा पदार्थमा बढी कर तिर्नु पर्छ जबकी कच्चा पदार्थ तथा तयारी वस्तुको भन्सार महशुल कम्तिमा दुई तहको फरक हुनुपर्ने हो यो कदमले स्वदेशी उद्योगहरु अप्रतिस्पर्धि भई बन्द हुनेछन र रु. १.५ अर्वको हालको आयात अत्याधिक बढेर ५ वर्षमा वार्षिक रु. ७५ अर्व पुग्नेछ र व्यापार घाटाको डरलाग्दो घेरा बाट हामी कहिल्यै उम्किन सक्ने छैनौं ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय