मेयर हर्क साम्पाङ फिल्डमा उत्रिएपछि शुरु भयो खानेपानीको पम्प मर्मत

मेयर साम्पाङले बुधबार र बिहिबार लगातार खानेपानी आपूर्ति सहज बनाउन फिल्ड भिजिट गरेका थिए । दुवै दिन उनले खानेपानी आपूर्तिलाई सहज गर्न बिग्रेका पम्प बनाउन निर्देशन दिएका थिए । उनको फिल्ड भिडिट पश्चात आज बिहानदेखि चारकोशे जंगलस्थित पुरानो संरचनाको बिग्रेको ४ नम्बर पम्प मर्मत कार्य भइरहेको छ । आज बेलुकीसम्म मर्मत भइसक्ने र सञ्चालनमा आउने खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलले जानकारी दिए ।

मेयर साम्पाङले मंगलबार पदभार ग्रहण गरेका थिए । त्यसलगत्तै मतदातालाई धन्यवाद ज्ञापन गर्न हिडेका उनी आफ्नो प्रमुख प्राथमिकता रहेको खानेपानी आपूर्ति सुधार गर्न पनि निरन्तर फिल्डमा नै छन् । उनले बुधबार खानेपानीको मुहान सर्दु जलाधार क्षेत्रमा पुगेर स्थलगत अवलोकन गरेर तत्काल मर्मत गर्न निर्देशन दिएका थिए ।

दोस्रो दिन बिहिबार चारकोशे जंगलस्थित पानीको वेल तथा पम्पहरुको स्थलगत निरीक्षण गरेर बिग्रेको पम्प तत्काल मर्मत गरेर पुर्णक्षमतामा चलाउन निर्देशन दिएका थिए । कार्यकारी निर्देशक पोखरेलका अनुसार पुरानो संरचनाहरु भएको सबै ठाउँमा मेयरलाई स्थलगतरुपमा निरीक्षण
मेयर साम्पाङले धरान खानेपानी व्यवस्थापन बोर्ड तथा त्यसअन्तर्गतका कर्मचारीहरुलाई जनताको गुनासो आउन नदिने गरि काम गर्न निर्देशन दिएका छन् । बिहिबार बोर्डमा अध्यक्षकोरुपमा उपस्थित भएका मेयर साम्पाङले त्यसो नगरे फेरि अर्को हर्क साम्पाङ जन्मने बताए ।

आफुलाई धराने जनताले पानी खुवाउनकै लागि पठाएको धारणा राख्दै मेयर साम्पाङले विगतमा जनताको आवाजकोरुपमा दबाब दिएर हिडेको तर अहिले एकै टिममा भएकोले मिलेर काम गर्न पनि आग्रह गरे । अ’हिले हामी एक टिममा छौ, अब हाम्रो टिमको उद्देश्य भनेको जनतालाई पानी खुवाउने हो । अरु काम नगरेर भएपनि पानी खुवाउनुपर्छ,’मेयर साम्पाङले भने,’वितरण प्रणालीमा पनि समस्या छ । कहा के के मर्मत सम्भार गर्नुपर्नेछ, गर्नुपर्छ । काम गर्नुपर्यो । जनतालाई गुनासो हुने ठाउँ दिनु भएन, नत्र फेरि अर्को हर्क साम्पांग जन्मिन्छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय