काठमाडाैं । नेपाली समाजमा विवाहलाई अत्यान्तै पवित्र विधि मानिन्छ । एकचोटि विवाहबन्धनमा जोडिसकेपछि मृत्युले नछुट्याउजेलसम्म श्रीमान् श्रीमती छुट्टिनु हुन्न भन्ने नेपाली मान्यता छ ।
त्यही मान्यताले पनि नेपालीहरुले वैवाहिक जीवनमा जतिसुकै समस्या आएपनि, आफूमाथि जतिसुकै हिंसा नै भएपनि हत्तपत्त वैवाहिक जीवनबाट अलग हुन खोज्दैनन् । याे संस्कार छिमेकी मूलुक भारतमा पनि लागु हुन्छ । पश्चिमी मूलुकमा भने यो संस्कार लागू हुँदैन । ती मूलुकहरुमा सानो -सानो कुरामा श्रीमान् श्रीमतीले सम्बन्धविच्छेद गरेर अलग्गै बस्ने निर्णयमा पुग्छन् । नेपालमा विस्तारै सम्बन्धविच्छेदका घटना बढ्न थालेका छन् ।
यस्तैमा भारतको कनार्टकस्थित बेल्लारीमा एक अचम्म पार्ने खबर बाहिरएको छ । त्यहाँ एक जना व्यक्तिले म्यागी चाउचाउको कारण श्रीमतीसँग सम्बन्धविच्छेद गरेका छन् । मैसुरको प्रमुख जिल्ला तथा सत्र अदालतका न्यायाधीस एमएल रघुनाथले यस अचम्म केसको नाम ‘म्यागी केस’ राखेका छन् ।
रासनको नाममा सिर्फ म्यागी मात्रै खरिद गर्थिन श्रीमती
‘वैवाहिक केस’ विषयमा पत्रकार सम्मेलन गर्दै उनले सम्बन्धविच्छेद मुद्दाका बारेमा बेल्लारीको यो म्यागी काण्डमा श्रीमतीले म्यागीबाहेक अरु केही बनाउनुपर्ने गुनासो श्रीमान्ले पोखेका थिए । मलाई अरु केही पकाउन आउँदैन भनेर श्रीमतीले रासनबाट जहिल्यै म्यागी मात्रै किनेर बिहानको खाजादेखि बेलुकाको खानासम्म म्यागी नै पकाएर खुवाउने गर्थिन् ।
श्रीमान्को बयान : श्रीमतीलाई नत केही बनाउन आउछ, नत बनाउन सिक्नै चाहान्छिन्
अदालतमा बयानको क्रमममा श्रीमानले श्रीमतीलाई म्यागीबाहेक केही पकाउन नजानेको र अरु केही पकाउन सिक्न नचाहेको बयान दिएका छन् । अदालतले पनि श्रीमानको यो गुनासोलाई गम्भीरताका साथ सम्बोधन गरेको थियो भने सम्बन्धविच्छेदलाई स्वीकृत गरेको थियो । यसरी एकमात्र म्यागीका कारण सात जीवनसम्म श्रीमान श्रीमतीको सम्बन्ध टुट्यो ।
यी घटनाहरू पनि धेरै अनौठो छन्
न्यायाधीश एमएल रघुनाथनले सम्बन्धविच्छेदका अरु धेरै अनौठा केसहरुको बारेमा बताएका छन् । श्रीमतीले थालमा ‘गलत’ नुन हालेको भन्दै श्रीमानले मात्रै सम्बन्धविच्छेद गर्न चाहेको बताएको छ भने एक श्रीमतीलाई श्रीमान्को विवाहको सूट मन नपरेकोले सम्बन्धविच्छेदको निवेदन दिएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2023, All rights reserved to Mero ShareBajar // Website By Lumbini Host