मध्यरातसम्म कार्यालयमै भेटिए बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र शाहले काठमाडौंको फोहोर व्यवस्थापन नभएसम्म खादा, माला, अविर नलगाउने घोषणा गरेका छन् । यतिमात्र होईन् यहाँको फोहोर व्यवस्थापन नभएसम्म उनकै शब्दमा खुसी हैन शोक मनाउनुपर्छ । बिहानीले दिनको संकेत गर्छ भनेजस्तै पछिल्लो समय मेयर बालेनले गरेका केही वाचाहरुले राम्रो छनक दिएको छ । उनले बैठक लाईभ गर्ने वाचा गर्ने बताएका थिए त्यो पूरा गरे ।

त्यस्तै बालेनले कार्यपालिकाको पहिलो बैठकबाटै महत्वपूर्ण निर्णय गराउने वाचा गरेका थिए त्यो पनि पूरा गरे । तर मेयर बालेनले हतारमा गरेको एउटा वाचा आफैलाई गलपासो बन्ने देखिएको छ ।



मेयर बालेन कार्यालयमै मध्यरातसम्म खटिएर काम गर्न थालेका छन् । काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र शाहले राजधानीको फोहोर विसर्जन गर्न सिसडोल र बन्चरेडाँडा ल्यान्डफिल साइटका स्थानीयसँग मध्यरातसम्मसम्म अनौपचारिक वार्ता गरेका थिए । वार्तामा स्थानीय दलका केही कार्यकार्ता र मेयर साहका सचिवालयका कर्मचारी मात्र थिए।

सरकारसँग वार्ताको विषयमा महत्त्वपूर्ण भूमिका खेलेका स्थानीय सङ्घर्ष समितिका संयोजक श्रीराम ढुङ्गानालाई बोलाइएको थिएन। एकतर्फी रूपमा केहीलाई मात्र बोलाएको भन्दै स्थानीय थप आक्रोशित भएका छन्।

स्थानीयले मेयर घोषणा भएपछि मेयर शाहले गरेका वाचा पूरा नगरेसम्म फोहोर विसर्जन गर्न नदिने अडान कायम राखेका छन्। मेयर साहले सिसडोल र बञ्चरेडाडाबासीहरुको समस्या समाधान नभएसम्म फोहोर बिर्सजन नगर्ने बाचा मेयरमा औपचारिक रुपमा विजय भएकै साझ गरेका थिए । मेयर साहको यो वाचाले अहिले उनी आफैलाई अप्ठ्यारो परिरहेको छ ।

अहिले स्थानियबासीन्दाहरुको अडानले काठमाडौंको फोहोर उठ्न सकिरहेको छैन् । साहले केही दिन अझै फोहोर बिर्सजन गर्न दिन स्थानियहरुसँग आग्रह गरेर त्यसको दीर्घकालिन समाधानमा वर्कआउट गरेका भए हुन्थ्यो भन्ने विचार विज्ञहरुको छ ।

शाहले भर्खरै पदबहाली भएका छौँ, अबको केही दिनपछि माग पुरा गर्नेछौँ भनेर केही दिन फोहोर विसर्जन गर्ने समय माग गरेको भए बन्चरेमै फोहोर व्यवस्थापन हुने जिकिर गर्दै स्थानीय भन्छन्–’तर उहाँले फोहोर विसर्जनको अवस्था सुधार नभएसम्म फोहोर विसर्जन गराउँदिन भन्नुभएको थियो, हामी उहाँको वाचा पूरा नभएसम्म फोहोर फ्याँक्न दिन्नौँ।’ महानगरपालिकाको मेयरमा विजयी भएकै दिन शुक्रबार दिउँसो साह केही सहयोगी लिएर सिसडोल र बन्चरेडाँडा ल्यान्डफिल साइट पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय