नेप्सेमा थपियो पौने ८ लाख बढी कित्ता सेयर

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा पौने ८ लाख बढी कित्ता सेयर थपिएको छ।

नेप्सेमा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो। यो कम्पनीको ७ लाख ७५ हजार ९८२.५९ कित्ता बोनस सेयर सूचीकृत भएको छ।

कम्पनीले गत आर्थिक वर्षका लागि वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।

यो कम्पनीले आफ्ना सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय