काठमाण्डौ । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले आफ्नो १३ औँ र १४ औँ वार्षिक साधारणसभा एकैपटक डोकेको छ।
कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असार १२ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको नयाँबानेश्वर थापागाउँस्थित अर्पण ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ५ सञ्चालकको चयन गर्नेछ। जसमा संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट १ जना हुनेछन्।
यसैगरी सभाले आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ का वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु अनुमोदन गर्नेछ।
कम्पनीले नगद लाभांश, बोनस सेयर र हकप्रद सेयर वितरण गर्ने प्रस्ताव गरेको छैन। हाल कम्पनीको चुक्तापुँजी ८० करोड रुपैयाँ रहेको छ।
वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले यही जेठ २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ जेठ २६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभामा भाग लिन पाउनेछन्।
ताजा समाचार
लोकप्रिय
© 2023, All rights reserved to Mero ShareBajar // Website By Lumbini Host