२०० सीसी माथिका मोटरसाइकलमा ह्वात्तै बढ्यो कर

मोटरसाइकलमा २०० देखि २५० सीसीसम्मका मोटरसाइकलमा ४० प्रतिशत भन्सार महशुल लगाउने भएको छ।

२५० देखि ५०० सीसीसम्मकोमा ७० प्रतिशत र ५०० देखि माथिका मोटर साइकलमा ८० प्रतिशत भन्सार बढेको छ।

हाल सबै दुईपांग्रेमा ३० प्रतिशत भन्सार महशुल लाग्ने व्यवस्था रहेको थियो। अब २०० सीसीभन्दा कम सीसीका मोटरसाइकल तथा स्कुटरमा ३० प्रतिशत भन्सार महशुल लाग्ने भएको छ।

२०० सीसी माथिका मोटरसाइकलमा अन्तशुल्क पनि बढाएको छ। २०० सीसी देखी २५० सीसी नाघेको मोटरसाइकलमा ८० प्रतिशतले बढेको छ। हाल २०० देखि २५० सीसी ननाघेको ६० प्रतिशत अन्तःशुल्क लाग्ने गरेको थियो।

२५० देअी ५०० सीसीसम्मका ९० प्रतिशत र ५०० सीसी देखी माथिकामा १०० प्रतिशत अन्तशुल्क लाग्ने गरेको छ।

अहिले २५० देखि ५०० सीसीसम्मका मोटरसाइकलमा ८० प्रतिशत अन्तःशुल्क लाग्ने गरेको छ। ५०० देखि ८०० सीसीसम्मका मोटरसाइकलमा ८० प्रतिशत र ८०० सीसीमाथिका गाडीमा १०० प्रतिशत अन्तःशुल्क लाग्ने गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय