पलको मुद्दामा बहस सकियो, धरौटी वा थुनामा पठाउने आदेश आउन बाँकी

काठमाडौं– ब ला त्का र आरोपमा थुनामा रहेका कलाकार पल शाह (पूर्णविक्रम) को मुद्दाको बहस सकिएको छ।

एक ना बालिग गायिकालाई ब ला त्का र गरको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका शाहले साधारण तारेखमा रिहा हुन पाउनुपर्ने माग राख्दै उच्च अदालत पोखरामा निवेदन दिएका थिए।न्यायाधीशद्वय उज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासमा बसह सकिएको छ। कलाकार शाहतर्फका र सरकारी वकिल दुर्बतर्फको बहस सकिएको छ।



ब ला त्का र आरोपमा उजुरी परेपछि गत फागुन ११ गते शाहले प्रहरी समक्ष आत्मसर्मपण गरेका थिए। उनीविरुद्ध तनहुँ र नवलपरासीमा उजुरी परेको थियो। दुबै अदालतले उनलाई पुर्पक्षमा पठाउने आदेश दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय