खाना पकाउने ग्यास अब २ वटा मुल्यमा हुने

अब खान पकाउने ग्यासको मूल्य फरक फरक तोकिने भएको छ । आयल निगमले घरायसी र व्यवसायीक प्रयोजनको लागि ग्यासको मूल्य फरक निर्धारण गर्ने तयारी गरेको हो ।

आयल निगमले एल. पी. ग्यासको घरायसी एवं व्यवसायिक प्रयोगका लागि अलग-अलग मूल्य कायम गर्न निगम संचालक समितिको सदस्यको संयोजकत्वमा सरोकारवालाको प्रतिनिधि समेत रहने गरी एक उपसमिति गठन गरेको छ। उपसमितिको सिफारिस बमोजिम निगमले एल. पी. ग्यासको घरायसी एवं व्यवसायिक प्रयोगका लागि अलग-अलग मूल्य कायम गर्ने छ ।

एल. पी. ग्यासमा हाल भइरहेको घाटा न्यूनिकरण गर्न निगम संचालक समितिको एल. पी. ग्यासको घरायसी एवं व्यवसायिक प्रयोगका लागि अलग-अलग मूल्य कायम गर्ने तयारी गरेको हो । जस अनुसार व्यवसायिक प्रयोजनको लागि ग्यासको मूल्य कहिँ बढी तोकिने छ भने सर्वसाधारणले केहि सहुलियतमा ग्यास खरिद गर्न पाउने छन् ।

निगमले आज नै पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज बिहिबार राति १२ बजेदेखि लागु हुने गरि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको हो । निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर १० रुपैयाँ घटाएको हो । यस संगै अब पेट्रोल प्रति लिटर १७० ,डिजेल प्रति लिटर १५३ रुपैयाँ र मट्टीतेल प्रति लिटर १५३ रुपैयाम कायम भएको छ । खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य भने घटेको छैन। अर्थ मन्त्रालयले पुर्वाधार कर घटाएर मूल्य समायोजन गर्न लिखित निर्देशन दिएपछि आयल निगमले मूल्य घटाएको हो। सरकारले पेट्रोलियम पदार्थमा लाग्ने प्रतिलिटर १० रूपैयाँ पूर्वाधार कर घटाउने निर्णय गरेको थियो । सोहि अनुसार निगमले मूल्य घटाएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय