विन्ध्यवासिनी हाइड्रोपावरको आईपीओमा आजबाट आवेदन खुला, को-को ले र कति दिने आबेदन??

काठमाण्डौ । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमीटेडको आईपीओमा आज जेठ २० गतेदेखि आवेदन खुला गरिएको छ।

कम्पनीले अंकित मूल्य रु. १०० दरका १५ लाख कित्ता आईपीओ निष्कासन गरेको हो। कुल कित्तामध्ये ६० कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरिएको र ७५ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरी बाँकी हुन आउने १३ लाख ६५ हजार कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ।

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। यो कम्पनीको आईपीओ खरिदका लागि छिटोमा भदौ २५ गतेभित्र र सो अवधिसम्म सबै कित्ता बिक्री नभएमा ढिलोमा असार ३ गतेभित्र आवेदन दिन सकिनेछ।

यो आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। सीडीएससीको मेरो सेयरबाट पनि आवेदन दिन सकिन्छ।

कम्पनीले कास्कीको मिजुरेडाँडा क्षेत्रमा ८.८ मेगावाटका रुदी खोला ‘ए’ तथा लमजुङको पासगाउँ क्षेत्रमा ६.६ मेगावाट क्षमताको रुदीखोला ‘बी’ प्रोजेक्ट निर्माण गरिरहेको छ। दुवै आयोजनाको निर्माण क्षेत्र रुदी खोला कास्की र लमजुङ सीमामा पर्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय