सिसडोललाई एक हप्ताभित्र दूर्गन्धमुक्त बनाउँछौं – मेयर वालेन्द्र साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले फोहोर विर्सजन गर्ने नुवाकोटको सिसडोललाई एक हप्ता भित्र दूर्गन्धमुक्त बनाउने आश्वासन दिएका छन् ।

उपमेयर सुनिता डंगोलसहित शुक्रबार बिहान काठमाडौंको फोहोर विर्सजन गर्ने सिसडोलको अनुगमन गर्नेक्रममा स्थानीयको गुनासो सुनेपछि मेयर साहले केमिकल हालेर एक हप्ताभित्र त्यहाँ दूर्गन्ध आउने अवस्थाको अन्त्य गर्ने बताएका हुन् ।

त्यसका लागि आफूले विज्ञहरुसँग आवश्यक छलफल गरेको पनि उनले बताए । मेयर साहले ३ महिनाभित्र मल र ग्याँस दुवै निकाल्न सुरु गरेर त्यहाँको फोहोर व्यवस्थापन गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

उनले भनेका छन्, ‘एक हप्तामा गन्ध नआउने गरी केमिकलको व्यवस्था गरिन्छ । मल र ग्याँस पनि बनाइन्छ । त्यसका लागि ३ महिना लाग्छ । केमिकल हालिसकेपछि एक हप्ताभित्र गन्ध हटाइन्छ । बन्चरेडाँडाको पनि सबै रिर्पोट हेरियो ।’

उनले थपे, ‘सड्ने र नसड्ने फोहोर छुट्टयाउने । त्यसबाट मुल र ग्यास निकाल्ने हो । सडने र सडने फोहोर छुट्टयाउनका लागि काठमाडौं महानगरपालिकाले घरघरमा जनचेतना फैल्याउने काम गर्नेछ ।’

मेयर साहले फोहोर व्यवस्थापनका लागि सड्ने र नसड्ने फोहोर छुट्टयाउनुपर्ने उल्लेख गर्दै त्यसका लागि छिट्टै काठमाडौंबासीको घरघरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना पनि सार्वजनिक गरे ।

त्यस अवसरमा उनले तत्कालका लागि भने काठमाडौंमा थुप्रिएको फोहोर व्यवस्थापनमा अवरोध नगर्न पनि स्थानीयसँग आग्रह गरे । स्थानीयको सबै समाधान हुने तर फोहोर विर्सजन गर्न भने स्थानीयले अवरोध गर्न नहुने उनको भनाइ थियो ।

मेयर साहले आफ्नो पहिलो प्राथमिकता काठमाडौंको फोहोरबाट सिर्जित समस्या समाधान गर्नु रहेको पनि पटकपटक दोहो¥याए । यता, स्थानीयले भने आफूहरुको माग सम्बोधन नगरेसम्म काठमाडौंको फोहोर विर्सजन गर्न दिन नसकिने अडान राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय