काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्माले नेपालीको औसत आयु नै थोरै भएकाले सामाजिक सुरक्षा भत्ता दिने उमेर कम बनाइएको बताउनुभएको छ ।
बजेट छलफलमा उठेका प्रश्नको आज शुक्रवार प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै अर्थमन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘विपन्न नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिने उमेर कम गरेको विषय छ । नेपालको १५ औँ आवधिक योजनाले निकालेको निष्कर्षअनुसार नेपालीको औसत आयु ६९ दशमलव ७ वर्ष रहेछ । ती वर्गलाई पनि सामाजिक सुरक्षामा ल्याउने उद्देश्यका साथ सामाजिक सुरक्षा भत्ता पाउने उमेर ६८ वर्ष बनाइएको छ ।’
यो भन्दाअघि ७० वर्षमा वृद्ध भत्ता दिइँदै आएकोमा आउँदाे आर्थिक वर्षको नयाँ बजेटमा उमेर घटाएर ६८ वर्ष पुर्याइएकाे छ ।
ताजा समाचार
लोकप्रिय
© 2023, All rights reserved to Mero ShareBajar // Website By Lumbini Host