अर्थमन्त्री जनार्दन शर्माले मध्यम वर्गीय व्यक्तिहरुले प्रयोग गर्ने विद्युतीय सवारीमा कर नबढाईएको दाबी गरेका छन् ।
विद्युतीय सवारीमा बढेको करका सम्बन्धमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले धनीले चढ्ने गाडीमा मात्रै कर बढाईएको बताएका छन् ।
‘सय किलोवाट भन्दा बढीको विद्युतीय सवारीमा कर बढाइको छ, यो खरिद गर्ने कि त सरकार हो कि त धनी वर्ग हो’ उनले भने, ‘मध्यम वर्गले चढ्ने अन्य १३ प्रकारका विद्युतीय गाडी बजारमा छन् ।’
उनले विद्युतीय सवारी खरिदमा धेरै रकम खर्च हुने भएकाले त्यस्तो खर्च कम गर्न कर बढाईएको उत्तर दिएका छन् ।
आगामी बजेटबाट १०१ देखि २ सय किलोवाटको गाडीमा ३० प्रतिशत अन्तशुल्क लाग्ने व्यवस्था गरिएको छ। २०१ देखि ३ सय किलोवाटसम्म इन्जिन क्षमता भएका गाडीमा ४५ प्रतिशत अन्तशुल्क लाग्ने छ भने ३ किलोवाट भन्दा माथिको इन्जिन क्षमता भएका गाडिमा ६० प्रतिशत अन्तशुल्क लाग्ने व्यवस्था गरिएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2023, All rights reserved to Mero ShareBajar // Website By Lumbini Host