प्रचण्डलाई भेट्न शाह खुमलटार पुगे

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

शाह र प्रचण्डबीच शनिबार बिहान खुमलटारमा भेट भएको हो । प्रचण्डलाई भेट्न शाह खुमलटार पुगेका हुन् ।


शाह निर्वाचित भएपछि विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटवार्ता गरिरहेका छन् । उनी मतगणना सकिनेबित्तिकै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका थिए ।

शपथ ग्रहणपछि शाहले पहिलो भेट प्रधानसेनापति प्रभुराम शर्मालाई भेट गरेका थिए । बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका शाह आज अध्यक्ष प्रचण्डसँग भेट गरेका हुन् । सबै राजनीतिक दलका शीर्ष नेताहरुसँगको समन्वयमा आफू अघि बढ्ने बालेन्द्रले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय