बालेनको टीममा रञ्जु दर्शनाको इन्ट्रि !

काठमाडौँ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार जिताएको बालेन साहको टिममा रञ्जु दर्शना पनि परेकी छन् । उनलाई उक्त टिमले दर्शनालाई काठमाडौं ५ को सांसदमा उठाउने तयारी गरेको छ ।बालेन साहलाई काठमाडौंको मेयरमा जिताउँन लागिपरेको समुह प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा नहुँदै संसदीय निर्वाचनका लागि होमिएको छ । यो समुहले काठमाडौंका सबै क्षेत्रमा निर्वाचनको मिति घोषणा हुनु अगावै उम्मेदवार अघि सार्ने तयारी गरेको छ ।

रञ्जु दर्शना २०७४ को निर्वाचनमा विवेकशील नेपाली दलका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार थिइन् भने पछिल्लो समय विवेकशील साझा पार्टीकी नेतृ रहेकी थिइन् । तर, विवेकशील साझा पार्टीमा विवाद शुरु भएसँगै विवेकशील साझा छाडेर उनी अहिले स्वतन्त्र रुपमा बसेकी छिन् ।केही समयअघि विवाह बन्धनमा बाँधिएकी रञ्जु राजनीतिबाट टाढिने हुन् कि भन्ने आशंका रहिरहेका बेला उनी संसदीय निर्वाचनमा होमिन लागेकी हुन् ।


काठमाडौंको मेयरमा बालेन साहलाई जिताउन लागिपरेको टीमले नै रञ्जुलाई काठमाडौं क्षेत्र नं ५ को सांसदका रुपमा प्रस्ताव गरेपछि उनी उम्मेदवारीका लागि सकारात्मक बनेकी छिन् ।काठमाडौं क्षेत्र नं ५ एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको निर्वाचन क्षेत्र हो । नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महत पनि यही क्षेत्रबाट सांसदमा उठेका थिए ।

विवेकशील नेपाली दलका स्वर्गीय उज्जवल थापाले पनि संसदको चुनावमा यही क्षेत्रलाई रोजेका थिए । विवेकशील नेपाली दलबाटै राजनीति शुरु गरेर चर्चामा आएकी रञ्जु दर्शनाले उज्जवल थापाको राजनीतिबाट आफू प्रभावित रहेको बताउँदै आएकी छिन् ।स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको विजयबाट हौसिएको समुहले क्षेत्र नं १ को सांसदमा पुकार बमलाई अघि सारिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय