कबड्डी ४ की हिरोइन मिरुनालाई अहिले पनि गाली आइरहेको भन्दै उपेन्द्र सुब्बाले जनाए आपत्ति, भने हाम्रो समाज कता जाँदैछ

काठमाडौँ : ‘ब्याड टच’ प्रकरणमा मुछिएपछि नायिका मिरुना मगरमाथि उल्टै सामाजिक संजालका प्रयोगकर्ताहरु खनिए । आँफुलाई दुब्यर्बहार गर्ने युवकलाई मिरुनाले तत्कालै प्रतिक्रिया जनाएपछि उनीविरुद्ध धेरै जाइलागे ।

यसैबिच साहित्यकार तथा कलाकार उपेन्द्र सुब्बाले अभिनेत्री मिरुना मगरमाथि भएको दुर्व्यवहार र त्यसपछिका गालीले दुःखी भएको बताएका छन्। उनले आँफैले दुब्यर्बहार सकेकी मिरुनालाई गाली बर्साउनेहरुमाथि आपत्ति जनाउँदै नेपाली समाजको चरित्रमाथि प्रश्न उठाएका छन्।

सुब्बाले भनेका छन् यो प्रकरणमा दुवै पक्षबाट गल्ती स्वीकार गरेको अवस्थामा अझै पनि मिरुनामाथि गाली बर्सिन र उनी नै गलत हो भनेर धारणा बनाउनु पनि ठीक होइन ।

सञ्जालका प्रयोगकर्ताहरूले कुरै नबुझी गाली गरेको बताउँदै उनीहरुको हैसियतमाथि पनि प्रश्न उठाउनु गलत भएको भन्दै सुब्बाले भनेका छन्
सीसीटीभी फुटेज भनिएका मोबाइलले खिचेका भिडियो के प्रयोजनका लागि थिए ? उनले प्रश्न गरेका छन्, एकचोटी सोच्नुभयो त्यो भिडिओ कसले र किन अपलोड गर्यो ? भिडियो अपलोड गर्नुको उद्देश्य के थियो ?

यो पाटो सोचियो तरु टिकटक भ्युज पाउन बनाएको सामग्रीलाई सत्य मानेर आफ्नो धारणा बनाउनु कति जायज होरु’ आफू २० वर्षदेखि पहिचानको पक्षमा लडिरहेको जनाउँदै उनले भने नेपाली समाजको यति संकिर्ण चरित्र पहिलो पटक देखे । उनले थपे पहिचानको आन्दोलनले हामीबाट मेरो भन्ने भइसकेछौँ। मेरो जाति, मेरो भाषा,मेरो मान्छे। यतिसम्म कि हाम्रो जति सबै राम्रो भन्ने भइसकेछौँ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय