बालेनलाई आलोचना गर्दै आएका वडाअध्यक्ष भन्छन्: फोहोर व्यवस्थापन मेरो काम होइन, मेयरको हो

काठमाडौं- काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजाल अहिले चर्चामा छन् । महानगरको पहिलो कार्यपालिका बैठकबाट नै मेयर बालेन्द्र साहसँग चर्काचर्की परेपछि उनको चर्को आलोचना भैरहेको छ ।

त्यसमाथि रिजालले कार्यलयको कार्यकक्षमै पदिय मर्यादा विपरितका भिडियो बनाएको विषयले उनी थप आलोचित हुन पुगेका छन् ।


निरन्तर आलोचनाको केन्द्रमा रहेका रिजाल पत्रकारसँग समेत झर्किने र चर्कीने गरेका छन् । उनले आफ्नो वडाको फोहोर व्यवस्थापनको काम आफ्नो नभएको बताएको भिडियो अहिलेब भाइरल बनेको छ ।

उनले फोहर व्यवस्थापनको काम वडाध्यक्षहरूको नभएको बताएका छन् । रिजालले फोहोर व्यवस्थापनको जिम्मा मेयर नेतृत्वको कमिटीको भएको बताएका हुन् ।

रिजालकै कार्यकक्षमा एक पत्रकारले सोधेको प्रश्नमा रिजालले यस्तो बताएका हुन् ।वडा नम्बर १६ को कार्यालयको २ सय मिटर नजिकै थुप्रिएको फोहोरको बारेमा पत्रकारले प्रश्न गरेका छन् ।

आक्रामक शैलीमा प्रस्तुत भएका रिजालले व्यङ्ग्यात्मक शैलीमा पत्रकारलाई उल्टै प्रतिप्रश्न गर्दै उनले भनेका छन्, ‘ओहो कति राम्रो प्रश्न । तपाईँ चौथो अङ्ग है । पत्रकार तपाईँलाई मेरो प्रतिप्रश्न तपाईँहरू नियम कानून पढ्ने गर्नु भा छ कि छैन ? काठमाडौंको कति वटा विभाग छन् थाहा छ तपाईँलाई ? वडा अध्यक्षको काम कर्तव्य विभाग र वातावरण विभागको काम कर्तव्य विभाग के हो ? वडा अध्यक्षले फोहोर उठाउने हो ? नीतिले फोहोर उठाउने हो । नीति कहाँ बन्छ कार्यपालिकामा बन्छ । कार्यपालिको अध्यक्षता कसले गर्नुहुन्छ ? मेयर साबले गर्नु हुन्छ । उहाँको अध्यक्षतामा बनेको कमिटीले उठाउने हो की !’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय