‘पासो थाप्ने बजार किन चाहियो ? बरु सधैका लागि बन्द गरिदेऊ’–अम्बिका पौडेल

काठमाण्डौ । नेपाल ईन्भेस्टर्स फोरमका निवर्तमान अध्यक्ष साथै नेपाली वाणिज्य महासङ्घको पुँजीबजार फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले सरकार र मातहतका निकायहरुले पूँजीबजारलाई प्राथमिकतामा नपारेका र लगानीकर्तालाई गलत दृष्टिकोणले हेरेको दाबी गरेका छन् ।

नेपाल पूँजीबजार विकास अभियानका संयोजक तिलक कोइरालाले आगामी असार १ गतेदेखि १९ बुँदे मागसहित खुमलटारस्थित नेपाल धितोपत्र बोर्डको कार्यालय अगाडि अनसन बस्ने भनी घोषणा भएपछि सो अभियानलाई सहयोग गर्न लगानीकर्ताहरुको शनिवार भृकुटीमण्डपमा आयोजित भेलालाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

सो क्रममा बजारका भेटेरान लगानीकर्ता समेत मानिने पौडेलले बजार घट्ने कारण, बजार बढ्नका लागि आवश्यक सुधारका उपाय लगायतका विषयमा समेत आफ्नो विश्लेषण प्रस्तुत गरेका थिए ।

‘गाडीको लागि पेट्रोल डिजेल आवश्यक हुन्छु पौडेल भन्छन्,’तर गाडीको इन्जिन चलाउन र गन्तव्य सम्म पुर्‍याउन अझ बढी आवश्यक मबिल, ग्रिजको हुन्छ। पुँजी बजार पनि त्यस्तै हो। यहाँ पेट्रोलले मात्र गाडी चल्छ, मबिल र ग्रिजले चल्दैन भन्ने सरकारी निकायहरूको बुझाई छ।’

लगानीकर्ताहरू पुँजी बजार बढ्दा मात्र खुसी हुन्छन्। बजार घट्यो भने आत्तिन्छन, आन्दोलन गर्छन्, दबाब दिन्छन् भन्ने किसिमको राष्ट्रबैंक, अर्थ मन्त्रालय, धितोपत्र बोर्ड लगायतका हाम्रा नियामकहरूमा भएको सोच चिर्न आवश्यक छ।’ उनले भने।

नीतिगत अस्थिरता
‘आज हामी लगानीकर्ताहरू बजार घट्यो भनेर जम्मा भएको होइन। हामी बजार घटेको पनि बढेको पनि सहन सक्छौ। विश्वभरको पुँजी बजारमा नै बजार बढ्ने घट्ने प्रक्रिया हुन्छ। तर नीतिगत अस्थिरताका कारणले बजार घटेपछि हामी आन्दोलित हुन् बाध्य भएका छौ।’, उनले भने।

बजार विकास विस्तार र सुधारको लागि काम गर्देऊ भनेर हामी बारम्बार आन्दोलित हुनु परेको छ। हामी बजार घटेको र बढेको दुवै सहन्छौ। बजार घट्यो भनेर हामीले गुहार मागेको होइन’ पौडेल भन्छन्-‘तर नियामक निकायहरूको अस्थिर नीतिहरूको कारणले बजार घटेको हामी सहदेनौ।’

आजभन्दा ३ वर्षअघि पुँजी बजार विकास र विस्तारका लागि लगानीकर्ताहरूको आधिकारिक सङ्घ सङ्गठनले दिएका ५८ वटा सुझावहरू कार्यान्वयनको लागि सरकारले नै कमिटी गठन गरेको थियो। तर उक्त विषयहरूमा आजसम्म कार्यान्वयन नभएकोमा उनले आपत्ति जनाए ।

‘त्यस्तै हामीले नियामकहरूलाई कम्पनीको बारेमा विभिन्न टिकाटिप्पणी नगरिदेउ, ब्रोकरको क्षेत्र अधिकार विस्तार गर, बैंकलाई ब्रोकर लाइसेन्स देऊ भनी लगानीकर्तालाई सहज बनाइदेऊ भन्दै आएका छौु पौडेल भन्छन्, ‘तर नियामकहरूबाट जहिले पनि नीतिमा अस्थिरता बनाएर लगानीकर्ताहरूलाई पासो बनाएर सकाउने कार्य मात्र भयो।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय