काठमाण्डौ । सानिमा बैंकले २५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।
बैंकले संस्थापक सेयरधनी डा निरज गोविन्द श्रेष्ठको नाममा रहेको २५ लाख कित्ता संस्थापक बिक्रीमा राखेको हो।
श्रेष्ठ प्रतिकित्ता २०० का दरले सेयर बिक्री गरी पाउँ भनी सञ्चालक समितिसमक्ष निवेदन दिएका थिए। सोही कारण नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनअनुसार उक्त संस्थापक सेयर खरिद गर्ने पहिलो हक संस्थापक सेयरधनीहरुको भएको हुँदा विद्यमान संस्थापक सेयरधनीहरुले खरिद आवेदन पेस गर्न सक्नेछन्।
यो सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाण्डौको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा खरिद आवेदन पेस गर्न सक्ने बैंकले जनाएको छ। इच्छुक संस्थापक सेयरधनीहरुले न्यूनतम २ लाख कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ।
तोकिएको समयावधिभित्र विद्यमान संस्थापक सेयरधनीहरुको निवेदन पेस हुन नआएमा प्रचलित नयमानुसार संस्थापकभन्दा बाहिरका अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्न आवश्यक प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ।
ताजा समाचार
लोकप्रिय
© 2023, All rights reserved to Mero ShareBajar // Website By Lumbini Host