विदेशबाट सुन ल्याउँदा अब कति कर तिर्नुपर्छ ?

काठमाण्डौ । अब विदेशबाट फर्किएका यात्रुले आफ्ना साथमा ल्याएको ५० ग्रामसम्म सुनका गहनामा कुनै कर तिर्नु नपर्ने भएको छ।

आन्तरिक राजस्व विभागले सुनका गहका हकमा विदेशबाट ५० ग्रामसम्म सुनका गहनामा कुनै कर नलाग्ने व्यवस्था गरेको हो। ५० ग्रामभन्दा बढी थप १०० ग्रामसम्म सुनका गहनामा प्रति १० ग्राम १० हजार ५०० रुपैयाँ कर लाग्ने विभागले जनाएको छ।

त्यस्तै १०० ग्रामभन्दा बढी थप १०० ग्रामसम्म सुनका गहनामा प्रति १० ग्राम १२ हजार रुपैयाँ कर लाग्नेछ।

यसैगरी सुनको हकमा ५० ग्रामसम्म प्रति १० ग्राम ९ हजार ५०० रुपैयाँ र ५० ग्रामभन्दा बढी थप ५० ग्रामसम्म प्रति १० ग्राम १० हजार ५०० रुपैयाँ कर लाग्ने विभागले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय