मन्दाकीनी हाइड्रोले असार ३१ गतेदेखि आईपिओ निष्काशन गर्ने

मन्दाकीनी हाइड्रोले असार ३१ गतेदेखि आयोजना प्रभावित स्थानीयलाई आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावितलाई ५ करोड ८८ लाख ३ हजार ७ सय रुपैयाँ बराबरको ५ लाख ८८ हजार ३७ कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

यस आईपिओमा कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकाका वडा नम्बर २,३, ४, र ६ का स्थानीय अर्थात् साविकका सार्दीखोला, घाचोक, लाहाचोक र धिताल गाविसका स्थानीयले आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिनु पर्ने छ । लगानीकर्ताले छिटोमा असार १५ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमाअसार ३० गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीले शेयर निष्काशनको लागि बि.ओ.के.क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आफ्नो जारी पूँजी ५८ करोड ८० लाख ३६ हजार ९०० को ३० प्रतिशतले हुन आउने जम्मा रकम १७ करोड ६४ लाख १० हजार १०० बराबरको जम्मा १७ लाख ६४ हजार ११० कित्ता शेयर सर्वसाधारण र आयोजना प्रभावित स्थानीयको निमित्त निष्काशन गर्न नुमति पाएको हो । स्थानीयलाई शेयर निष्काशन गरेपछि कम्पनीले आयोजना प्रभावितलाई शेयर निष्काशन गर्ने छ ।

कम्पनीले कास्कीमा ४ मेगावाट क्षमताको सार्दी खोला जलविद्युत आयोजना सम्पन्न गरि २०७४ मङ्सिर देखि विद्युत उत्पादन गरिरहेको छ । आयोजनाको प्रति मेगावाट लागत २० करोड ७७ लाख रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय