दश महिनामा विदेशबाट ४५ करोडका बाख्रा आयात

चालू आर्थिक वर्ष २०७८/७९ मा विदेशबाट ४५ करोड २९ लाख रुपैयाँ बराबरको बाख्रा आयात भएको छ । चालू वर्षको १० महिने अवधिमा विदेशबाट उक्त मूल्य बराबरको बाख्रा आयात भएको भन्सार विभागले जानकारी दिएको छ ।
यस अवधिमा ५० हजार ५८७ वटा बाख्रा भित्रिएका छन् ।

विभागका अनुसार बाख्रा आयातकर्ताले ४५ करोड रुपैयाँ बराबरको बाख्रा आयात गर्दा ४ करोड ७ लाख ८४ हजार रुपैयाँ भन्सार बुझाएका छन् । नेपालमा भित्रिने सबै मूल्य बराबरका बाख्रा भारतबाट आउने गरेका छन् ।

यसैगरी, १० महिना अवधिमा विदेशबाट १३ लाख १२ हजार रुपैयाँ बराबरको भेडा भित्रिएका छन् । विभागका अनुसार चीनबाट उक्त मूल्य बराबरका २२० वटा भेडा नेपाल भित्रिएका हुन् । खासगरी, नेपालमा दशैं/तिहारको समयमा भेडा/च्याङ्ग्रा आयात हुनेगर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय