घट्यो खाने तेलको मुल्य घटयो, कति पुग्यो प्रतिलिटर ?

काठमाडौं :

भारतमा खानेतेलको मूल्य घट्न थालेको छ । इण्डोनेशियाबाट पाम तेल आयात सुरू हुन थाले पछि भारतमा खानेतेलको मूल्य घट्न थालेको हो ।

खानेतेलको मूल्यमा प्रतिलिटर २० रुपैयाँसम्म गिरावट आउन थालेको भारतिय मिडियाहरुले जनाएका छन् । १८ मेमा प्रतिलिटर १८५ भारु रहेको सोयाविन तेलको मूल्य हाल १७० रुपैयाँ छ ।

इण्डोनेशियाबाट पाम तेल आयात पछि भारतले कच्चा पदार्थको भन्सार दर घटाएको छ । भारत सरकारले खानेतेलको कच्चा पदार्थको भन्सार दर शून्यमा झारेपछि तेलको मूल्य घट्न थालेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय