बञ्चरेडाँडामा बल प्रयोग गरेरै फोहर लगिँदै, १४ जना स्थानीयवासी पक्राउ

काठमाण्डाै – काठमाण्डौबाट फोहर लिएर गएका गाडीलाई बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले रोकेपछि प्रहरीले बल प्रयोग गरी अवरोध हटाएको छ ।

सहरी विकास मन्त्रालय, काठमाण्डौ महानगरपालिका र प्रभावित क्षेत्रका पालिकाहरू धुनिबेसी नगरपालिका र ककनी गाउँपालिकाबीच भएको सहमतिपछि फोहर लिएर गएका गाडीलाई स्थानीयवासीले रोकेपछि अवराेध हटाइएकाे नुवाकोटका प्रहरी उपरीक्षक (एसपी) रामप्रकाश साहले जानकारी दिनुभयो । अवरोध हटाउने क्रममा १४ जनालाई पक्राउ गरेको उहाँले बताउनुभयो ।

धुनिबेसी नगरपालिका वडा नम्बर १ र ककनी गाउँपालिका वडा नम्बर ३ का क्षेत्रमा प्रहरीले अवरोध हटाएको हो । अहिले पनि त्यहाँको अवस्था सामान्य नरहेको स्थानीयवासीले बताएका छन् ।

एसपी साहले भने केही स्थानीयवासीले फोहर बोक्ने गाडी रोकेका र प्रहरीले सामान्य बल प्रयोग गरेर हटाएको भन्दै झन्डै एक सय ३० वटा गाडी बञ्चरेडाँडातर्फ गइरहेको बताउनुभयो । ल्यान्डफिल्ड साइट प्रभावित क्षेत्रका बासिन्दाले यसअघिको सम्झौता कार्यान्वयन भएपछि मात्रै फोहर लैजान दिने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय