काठमाडौंका बैंकको शौचालय पनि सार्वजनिक बन्दै

बैंकिङ्ग समाचार, काठमाडौं ।

काठमाडौंका मेयर बालेन्द्र साहले बैंकको शौचालयलाई पनि सार्वजनिक बनाउँने तयारी गरेका छन् । चुनावी घोषणा पत्र बमोजिम उनले बैंकहरुमा रहेको शौचालयलाई पनि खुल्ला गर्ने घोषणा गरेको हुन् ।
यही जेष्ठ १६ गते बसेको महानगरपालिका कार्यपालिकाको बैंठकमा प्रस्ताव लगेका थिए । उक्त बैंठकले सो निर्णय गरेको थियो ।

साथै, मेयर बालेन्द्रले महानगरभित्रका बैंक,होटल,रेष्टुरेन्ट, व्यापारिक भवन, मल,सपिङ कम्प्लेक्स लगायतको संघ–संस्थाको शौचालयलाई सार्वजनिक बनाउन सार्वजनिक आह्वान गरेको छ ।

महानगरभित्र रहेको उक्त संघ–संस्थाहरुले सुचना प्रकाशन गरेको ७ दिन भित्र सार्वजनिक निजी साझेदारी एकाई बबरमहलमा सम्पर्क गर्न समेत अनुरोध गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय