इम्बोस्ड नम्बर प्लेटमा ४ अर्ब रुपैयाँसम्म घोटाला : भीम रावल

काठमाण्डाै – नेकपा एमालेका सांसद भीम रावलले इम्बोस्ड नम्बर प्लेटमा चार अर्ब रुपैयाँसम्म घोटाला हुनसक्ने आशङ्का व्यक्त गर्नुभएको छ । आज मङ्गलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद रावलले इम्बोस्ड नम्बर प्लेटमा तीनदेखि चार अर्ब रुपैयाँ घोटाला हुनसक्ने आशङ्का व्यक्त गर्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘गाडीमा इम्बाेस्ड नम्बर प्लेट राख्ने कुरा छ । ठेक्का हुँदाकाे र अहिलेको रकम हेर्दा झन्डै तीन/चार अर्ब रुपैयाँको घोटाला हुनेजस्तो देखिन्छ । अहिले झन्डै चार हजार गाडीलाई त्यो प्लेट दिइएकोमा १५ सय गाडीको त एक वर्षमै त्यो प्लेट काम नलाग्ने भयो भनेर समाचार सञ्चारमाध्यममा आएको छ ।’

सांसद रावलले संविधानअनुसार सरकारी कामकाजको भाषा नेपाली हुनुपर्ने भए पनि इम्बोस्ड नम्बर अङ्ग्रेजी भाषामा गरिएकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले इम्बोस्ड नम्बर प्लेट बनाउन दिइने कम्पनी नै विश्व बैंकको कालोसूचीमा रहेको बताउनुभयो । विदेशी कम्पनीलाई बायोमेट्रिक गर्न दिन नहुने पनि उहाँकाे भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय