आँधिखोला लघुवित्तले पायो शेयर कारोबार फुकुवाको अनुमति, कहिलेबाट हुन्छ कारोबार ?

आँधिखोला लघुवित्तले शेयर कारोबार फुकुवाको लागि अनुमति पाएको छ । नेपाल राष्ट्र बैंकले हिजो मंगलबार शेयर कारोबार फुकुवा गर्नको अनुमति दिदै पत्र पठाएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार लघुवित्तले राष्ट्र बैंकबाट पत्र पाए लगत्तै नेप्सेमा सो बारेमा जानकारी गराईसकेको छ । हिजो नै शेयर कारोबार सुचारु गर्नको लागि पत्र नेप्सेमा पठाएकोले आज वा भोलिबाट कम्पनीको शेयर कारोबार खुल्ने सम्भावना रहेको बताईन्छ ।

मर्जर भाडिएपछि लामो समयदेखि आँधिखोला लघुवित्तको शेयर कारोबार रोक्का छ । आँधिखोला लघुवित्त र धौलागिरि लघुवित्तले २०७६ पौष २ गते मर्जमा जाने सम्झौता गरेका थिए । त्यसयता कम्पनीको कारोबार रोक्का छ । बीचमा मर्जर भाडिएपछि कारोबार कहिले सुरु हुने भन्नेमा अन्योल रहेको थियो ।

स्याङ्गजाको बयरघारीमा केन्द्रिय कार्यलय रहेको आँधिखोला र बाग्लुङमा केन्द्रिय कार्यालय रहेको धौलागिरिबीच मर्जर सम्झौता भएको हो। मर्जर पश्चात बन्ने लघुवित्तको नाम ‘धौलागिरी आधीँखोला लघुवित्त’ हुने सहमति थियो। दुवैबीच समान स्वाप अनुपातमा मर्जर हुन लागेको थियो। तर बीचमा मर्जर भाडिएपछि दुवै कम्पनीले डिमर्जको लागि राष्ट्र बैंकमा अनुरोध गरेकोमा रश्र्ता बैंकले डिमर्जको अनुमति दिएको थियो । तर शेयर कारोबार भने रोक्का नै थियो ।

अब भने ३० महिनापछि कम्पनीको शेयर कारोबार खुल्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय