असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न स्वीकृति नदिने, अटेर गरे कारबाही हुने

काठमाण्डाै – सरकारले आउँदाे असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न स्वीकृति नदिने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागले सूचना निकालेर आउँदो असार १ गतेदेखि कुनै पनि सडक खन्न अनुमति नदिने जनाएको हो ।

वर्षायाममा धारा, ढल, बिजुली तथा टेलिफोन जस्ता प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रिँदै जाने भएकाले असार १ गतेदेखि भदौ मसान्तसम्म सडक नखन्न सडक विभागले निकालेको सूचनामा भनिएको छ ।

कसैले अटेर गर्दै जबरजस्ती सडक खनेमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने पनि सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय