उद्घाटन गर्दागर्दै भाँचियो पुल, श्रीमतीसँगै नालीमा पछारिए मेयर साब !

काठमाडौं । एउटा पुल उद्घाटनका लागि महानगरपालिकाका मेयरसहित अन्य पदाधिकारी पुगेका थिए । उनीहरु यो पुलमा चढ्दा पुल भाँचिएर मेयरसहित करिब २ दर्जन मानिसहरू नालीमा पछारिए । यसको एउटा भिडियो पनि सार्वजनिक भएको छ । द गार्डियनका अनुसार घटना मेक्सिकोको क्वेर्निभाकाको हो । नगरका मेयरले नालीमाथिको फुटब्रिजको उद्घाटन गरेका थिए । काठको बोर्ड र धातुको चेनले यो पुल पुन: निर्माण गरिएको थियो। भिडियो हेरेर चेनबाट बोर्ड अलग्गिएका कारण यो घटना भएको अनुमान गरिएको छ ।

नगर परिषद्का सदस्यहरू र अन्य स्थानीय अधिकारीहरू ३ मिटर (१० फिट) तल नालीका ढुंगाहरूमा खसे। मोरेलोस राज्यका गभर्नर कुउहटेमोक ब्लान्कोले नालीमा खसेका मध्ये मेयर, उनकी श्रीमती, धेरै अधिकारी र पत्रकारहरू रहेको बताए। धेरै जना घाइते भए । त्यसपछि उनीहरूलाई अस्पताल लगिएको थियो ।



रिपोर्टका अनुसार मेयर जोसे लुइस उरियोस्टेगुईलाई पनि अस्पताल लगिएको थियो। उनलाई सामान्य चोट लागेको छ र खतरामुक्त छन् । क्षमताभन्दा बढी यात्रु चढेका कारण यो घटना भएको अनुमान गरिएको छ । घटनाको भिडियो पनि सार्वजनिक भएको छ, जसमा धेरै मानिसहरु नालीमा झरेको देखिन्छ । ती मानिसहरूलाई त्यहाँबाट निकाल्ने काम पनि भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय