काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरिरहेका नवनिर्वाचित मेयर बालेन्द्र शाह (बालेन) लाई नेपाली कांग्रेसकी नेत्री तथा पराजित उम्मेदवार सिर्जना सिंहले बल प्रयोग गरेर गरेको फोहोर व्यवस्थापन दीर्घकालीन नहुने सुझाव दिएकी छन् । सामाजिक सञ्जाल ट्विटरमा लेख्दै सिंहले फोहोर व्यवस्थापनका कामकारवाही सहमति अनुरूप हुनुपर्ने बताए । mउनले लेखेकी छन्, ‘स्थानीय जनप्रतिनिधिसँग छलफलमा बस्ने तर जनप्रतिनिधि मिटिङबाट बाहिरिन नपाउँदै उता भने बल प्रयोग गरेर गरेको फोहोर व्यवस्थापन दीर्घकालीन हुँदैन र राम्रो पनि होइन भनेर बुझ्नुपर्योे । कामकारवाही सहमति अनुरूप हुनुपर्यो । काठमाडौंको जनता होस् वा बन्चरे डाँडाका जनता सबैलाई न्याय होस् । कामपा सरकार !’
ताजा समाचार
लोकप्रिय
© 2023, All rights reserved to Mero ShareBajar // Website By Lumbini Host