दोर्दी खोला जलविद्युत कम्पनीको आईपीओमा आवेदन दिनु अघि कस्तो छ कम्पनी? हेरौं

दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले आज बिहीबार (जेठ २६ गते) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ । कम्पनीले १८ करोड ९७ लाख ६६ हजार ६०० रुपैयाँ बराबरको १८ लाख ९७ हजार ६६९ कित्ता शेयर निष्काशनमा ल्याएको हो ।

सर्वसाधारणका लागि निष्काशनमा ल्याएको कुल शेयरमध्ये ३ प्रतिशत अर्थात ५६ हजार ९३० कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ९४ हजार ८८३ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने १७ लाख ४५ हजार ८५६ कित्ता शेयरको लागि मात्रै सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।

हाल कम्पनीको चुक्ता पूँजी ७५ करोड ९० लाख ६७ हजार ५०० रुपैयाँ रहेको छ । आयोजना प्रभावित स्थानियलाई १० करोड ५४ लाख २६ हजार रुपैयाँ र सर्वसाधारणलाई १८ करोड ९७ लाख ६६ हजार ९०० रुपैयाँ गरी २९ करोड ५१ लाख ९२ हजार ९०० रुपैयाँ बराबरको शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ पुग्नेछ ।

आईपीओमा कसरी दिने आवेदन?

कम्पनीले निष्काशन गरेको शेयरमा जेठ ३० गतेसम्ममा आवेदन दिन सकिनेछ । त्यस अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे असार ९ गतेसम्म म्याद थप हुनेछ ।

कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्तम १०० रुपैयाँका दरले न्यूनतम १० कित्ता तथा सो भन्दा बढी का लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १७ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभुतकर्ता सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

औषत जोखिम जनाउने रेटिङ्ग

कम्पनीले निष्काशन गरेको आईपीओलाई रेटिङ्ग एजेन्सी इक्रा नेपालले इक्राएनपी आइआर डवल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।

यसले कम्पनीको वित्तीय दायित्व बहन गर्न सक्ने क्षमतामा औषत जोखिम रहेको भन्ने जनाउँछ ।

इक्रा नेपालले कम्पनीको आईपीओलाई २०७८ फागुन २२ गते रेटिङ्ग ग्रेड प्रदान गरेको थियो । उक्त रेटिङ्गको अवधि जारी भएको मितिबाट एक वर्षसम्म रहन्छ ।

कस्तो कम्पनी हो?

दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेड, कम्पनी ऐन २०६३ बमोजिम २०६६ फागुन १४ गते कम्पनी रजिष्ट्रारको कार्यलयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएको हो ।

कम्पनीको रजिष्ट्रार कार्यालय काठमाडौं महानगरपालिका वडा नं. ११, त्रिपुरेश्वरमा रहेको छ । कम्पनीको आयोजनाको कार्यालय र जलविद्युत उत्पादन केन्द्र भने लमजुङ्गको (साबिकको ढोडेनी, फलेनी र बन्सार गाविस) हाल दोर्दी गाँउपालिकामा रहेको छ ।

कम्पनीले ८.८ मेगाबाट क्षमताको रुदि खोला ए र ६.६ मेगावाट क्षमताको रुदि खोला बि गरी दुई जलविद्युत आयोजनाहरुको विकास गरी निर्माण कार्य सम्पन्न गरेको छ ।

कम्पनीले रन अफ रिभरमा आधारित १२ मेगावाटको दोर्दी १ जलविद्युत आयोजना निर्माण गर्दै आइरहेको छ ।

आयोजनाको कुल लागत २ अर्ब ६९ करोड ४४ लाख रुपैयाँ रहेको छ भने प्रति मेगावाट लागत २२ करोड ४५ लाख ३३ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

आयोजनाको कुल लागत २ अर्ब ६९ करोड ४४ लाख रुपैयाँ रहेको छ भने प्रति मेगावाट लागत २२ करोड ४५ लाख ३३ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

आयोजनाको साधारण लगानी फिर्ता अवधि ७.६७ बर्ष र डिस्काउन्टेटमा लगानी फिर्ता अवधि १८.०३ बर्ष रहेको छ ।

आईपीओ जारी गर्नुको उदेश्य

कम्पनीले प्रबन्धपत्र तथा नियमावलीमा भएको व्यवस्था अनुसार जारी पूँजीको २८ प्रतिशत अर्थात २९ करोड ५१ लख ९२ हजार ९०० रुपैयाँ बराबरको २९ लाख ५१ हजार ९२९ कित्ता शेयर आयोजना प्रभावित स्थानिय बासिन्दा र सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो ।

आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब ५ करोड रुपैयाँ पुग्नेछ ।

आईपीओ निष्काशन गरेर संकलन भएको २९ करोड ५१ लख ९२ हजार ९०० रपैयाँ कम्पनीले दोर्दी १ जलविद्युत आयोजनाको सिभिल, हाइड्रोमेकानिकल, इलेक्ट्रोमेकानिकल तथा ट्रान्समिसन लाइन निर्माण कार्यमा खर्च हुनेछ ।

तीन वर्षमा सञ्चित नाफा साढे १९ करोड पुर्याउने

कम्पनीले आर्थिक वर्ष २०८०/८१ सम्ममा सञ्चित नाफा १९ करोड ४४ लाख ८६ हजार रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ ।

गत आर्थिक वर्ष २०७७/७८ मा कम्पनीले १ करोड ८१ लाख ३३ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । चालु आर्थिक वर्ष २०७८/७९ मा भने कम्पनीले ५करोड ५५ लाख १९ हजार रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा पनि कम्पनीले १ करोड ७२ लाख ८४ हजार रुपैयाँ नाफा कमाएको थियो ।

आर्थिक वर्ष २०८०/८१ सम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ ४४ पैसा र प्रतिशेयर आम्दानी ७ रुपैयाँ ४२ पैसा पुग्ने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०२ रुपैयाँ ३९ पैसा र प्रतिशेयर आम्दानी १० पैसा रहेको थियो ।

आयोजनाको कुल लागत २ अर्ब ६९ करोड ४४ लाख रुपैयाँ रहेको छ भने प्रति मेगावाट लागत २२ करोड ४५ लाख ३३ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।



पूँजी संरचना

हाल कम्पनीको चुक्ता पूँजी ७५ करोड ९० लाख ६७ हजा ५०० रुपैयाँ रहेको छ । स्थानिय बासिन्दा तथा सर्वसाधारणलाई २९ करोड ५१ लख ९२ हजार ९०० रुपैयाँ बराबरको आईपीओ बिक्री गरेपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ पुग्नेछ ।

कम्पनीको अधिकृत पूँजी दुई अर्ब रुपैयाँ रहेको छ भने जारी पूँजी एक अर्ब ५ कारेड ४२ लाख ६० हजार ४०० रुपैयाँ रहेको छ ।

आईपीओ निष्काशनपछि कम्पनी शेयर स्वामित्व संस्थापक ७२ प्रतिशत र सर्वसाधारणको २८ प्रतिशत कायम हुनेछ ।

सञ्चालक समिति

कम्पनीको सञ्चालक समितिमा ६ जना रहने व्यवस्था रहेको छ । संस्थापक शेयरधनीको तर्फबाट ४ जना, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट १ जना, र स्वतन्त्र सञ्चालक १ जना गरी ६ जनाको सञ्चालक समिति रहने व्यवस्था गरेको हो ।

हाल कम्पनीको सञ्चालक समितिमा संस्थापक शेयरधनीको तर्फबाट ४ जना सञ्चालकहरु रहेका छन् ।

सर्वसाधारणलाई आईपीओ निष्काशन पछि कम्पनीले सर्वसाधारणको प्रतिनिधित्व हुने गरी १ जना र थप एक जना स्वातन्त्र सञ्चालक चयन गर्नेछ । सञ्चालकको कार्यकाल बढीमा ४ वर्षको हुनेछ ।

कम्पनी सञ्चालक समितिको अध्यक्ष दिपेन्द्र लाल कर्ण रहेका छन् । कर्णसँग लामो समय हाइड्रोपावर सेक्टरमा काम गरेको अनुभव छ ।

यस्तै सञ्चालक समितिमा अमृत डिमडुङ, हरिबोल भट्टराई र ईश्वर त्रिपाठी रहेका छन् ।

भावी योजना तथा रणनीति

कम्पनीले आफ्नो व्यवसाय वा सेवाको वृद्धिका लागि चाल्ने भावी योजना र त्यस्तो योजना प्राप्तिका लागि चालिने चरणवद्ध रणनीति बनाएको छ ।

कम्पनीको मुख्य उद्देश्य जलविद्युत आयोजनाहरुको अध्ययन, आयोजना निर्माण, विद्युत वितरण, अन्य जलविद्युत आयोजनाहरुमा लगानी र जलविद्युत कम्पनीहरुको धितोपत्रमा लगानी गरि नेपालको जलविद्युत विकासमा एक अग्रणी कम्पनीको रुपमा स्थापित गर्नु रहेको छ ।

आफ्नैे नाममा रहेको लमजुङ्ग जिल्लामा अवस्थित १२ मेगावाट दोर्दी १ जलविद्युत आयोजना निर्माणको चरणमा छ । कम्पनीले मुख्य रुपमा यहि परियोजमा लगानि गर्ने योजना बनाएको छ ।

दोर्दी १ जलविद्युत आयोजनाको निर्माण पश्चात् कम्पनीको आयमा हुने प्रवाहको आधारमा ठुला नयाँ आयोजनाहरुको खोजी गरि नयाँ जलविद्युत आयोजनाहरुको निर्माण गर्दै जाने कम्पनीको लक्ष्य रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय