अमेरिकी सेनाका कमाण्डर काठमाडौंमा

अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चाल्र्स ए फ्लिन ४ दिने औपचारिक भ्रमणमा नेपाल आइपुगेका छन् । बिहीबार दिउँसो सद्भावना भ्रमणका क्रममा चाल्र्स ए फ्लिन काठमाडौं आइपुगेका हुन् । फ्लिन सन् २०२१ जुनदेखि एसिया–प्रशान्त क्षेत्रको प्रमुख छन् । शुक्रबार सैनिक मुख्यालय जंगी अड्डामा प्रधान सेनापति प्रभुराम शर्मा र अमेरिकी जनरलको बीचमा भेटवार्ता हुँदैछ । प्रधानसेनापतिले सैनिक जनरलको सम्मानमा शुक्रबार रात्रिभोज आयोजना गरेका छन् ।

चाल्र्स ए फ्लिन जेठ २८ मा माउन्टेन फ्लाइटमा जाने कार्यक्रम छ । सगरमाथा आधार शिविर भ्रमणपछि सोलुखुम्बुको नाम्चे बजार माथि रहेको एभरेष्ट भ्यू होटलमा खाना खाने कार्यक्रम छ । जेठ २९ मा वीरेन्द्र शान्ति तालिम केन्द्र पाँचखाल र शिवपुरीस्थित सेनाको कमाण्ड एण्ड स्टाफ कलेज भ्रमण गरेर उनी अमेरिका फर्कनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय