आईपिओ निष्कासनको तयारीमा रहेको  सिटिजन लाइफ इन्स्योरेन्सको रेटिङ  इक्रा नेपालद्वारा अपग्रेड

काठमाण्डौ । इक्रा नेपालले सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडलाई विगतमा प्रदान गरेको निष्काशनकर्ता रेटिङ (इक्राएनपी–आईआर) बीबीबी माइनसलाई (इक्राएनपी–आईआर) बीबीबीमा अपग्रेड गरेको छ।

उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन्। यस्ता निकायहरुमा मध्यम क्रेडिट जोखिम रहेको हुन्छ।


उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र रहेको इक्राले जनाएको छ। ‘यो कुनै खास ऋणपत्र विशेषको राय भने होइन’, इक्राले भनेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय