फेरि बढ्यो पेट्रोलियम पदार्थको मुल्य

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मुल्य बढाएको छ। आज राति १२ बजेदेखि बढेको मुल्य लागू हुने नेपाल आयल निगमले जनाएको छ।

निगमकाअनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल, मट्टितेलमा १२/१२ रुपैयाँ बढाउने निर्णय भएको छ। यसअघि जेठ १९ गते पूर्वाधार करबराबर प्रतिलिटर १० रुपैयाँ पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य समायोजन गरेको थियो ।

बिहीबारको नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १ सय ७८ र डिजेल/मट्टितेलको १ सय ६५ रुपैयाँ पर्नेछ ।

खाना पकाउने ग्यासको भाउ यथावत रहेको आयल निगमले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय