ग्रिन भेन्चर्सको ५२.४ मेगावाट बिजुली भारतलाई बेच्ने, पहिलोपटक निजी क्षेत्रको बिजुली निर्यात

गत शनिबारबाट भारतलाई बिजुली निर्यात गर्न थालेको नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक निजी क्षेत्रबाट प्रवद्र्धित आयोजनाको बिजुली पनि निर्यात गर्ने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर श्रेष्ठले बिहीबार रातिबाट ५२.४ मेगावाट उत्पादन क्षमताको लिखु–४ जलविद्युत् आयोजनाको बिजुली भारत बेच्न थालिएको बताए । ग्रिन भेन्चर्स लिमिटेडको लगानी रहेको लिखु–४ आयोजनाको बत्ती आज (शुक्रबार)बाट भारतीय जनताले उपभोग गरिसकेको हुने जानकारी दिए ।

नेपाल विद्युत् प्राधिकरणले वर्षा मौसममा भारतसँग सम्झौता भएअनुरूप ३ सय ६४ मेगावाट बिजुली निर्यात गर्ने भएको छ ।


यसअघि गत शनिबार नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको १ सय ४४ मेगावाट जडित क्षमताको कालीगण्डकी ‘ए’ विद्युतगृहबाट उत्पादित विद्युत् भारत निर्यात गर्न थालिएको थियो ।

राजधानी दैनिकमा समाचार ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय