मन्त्री झाँक्रीको आरोपः १६ नम्बरका वडाध्यक्षले फोहोर उठाएर खोलामा फाल्नुभएछ

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले काठमाडौं महानगरपालिकाको १६ नम्बर वडाका वडाध्यक्षले आफनो वडाको फोहोर उठाएर खोलामा थुपारेको आरोप लगाएकी छन् । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुन नसकेका बेला वडाध्यक्ष मुकुन्द रिजालले तीन दिनअघि आफ्नो वडाको फोहोर आफैं उठाएको भन्दै सामाजिक सञ्जालमा फोटो हालेका थिए ।

फोहोर व्यवस्थापनका विषयमा बञ्चरे डाँडाका स्थानीय बासिन्दासँग सिंहदरबारमा आयोजित छलफलका क्रममा मन्त्री झाँक्रीले भनिन्, ‘काठमाडौंबाट फोहोर सिसडोल नगएको धेरै भइसकेको थियो । काठमाडौको १६ नम्बरका वडा वडाध्यक्षले फोहोर उठाएको भन्नुभयो । उठाएको फोहोर कहाँ फाल्नुभयो त रु सिसडोलमा फोहोर फाल्न दिइएको थिएन । उहाँले वडाबाट फोहोर संकलन गरेर खोला किनारमा फाल्नुभएछ ।’ वडाध्यक्ष रिजालले आफ्नो १६ नम्बर वडा अन्तरगतको सोह्रखुट्टेबाट सुरु गरेर कालधारा र शाशा गेटमा रहेको फोहोरलाई अल्पकालीन व्यवस्थापन गर्न लागेको दावी गरेका थिए । तर, एक दिन फोटो हालेपछि उनी मौन छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय