६० अर्ब नोक्शानीको बाटो नजिक  आयल निगम, मूल्य अझै बढ्न सक्ने

काठमाडौं, २७ जेठ । पेट्रोलियम पद्धार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा बढेपछि नेपाल आयल निगममाथि भार फेरि बढेको छ । निगमले ठूलो घाटा व्यहोरिरहेको छ । जसका कारण तिनुपर्ने बक्यौता बढ्दै गएको छ । एकातर्फ पेट्रोलियम पद्धार्थको मूल्य बढेको बढ्यै छ । अर्कोतर्फ, निगम निरन्तर घाटामा छ । उसले घाटामा तेल विक्री गरिरहेको छ भने जनता पनि चर्को मूल्यवृद्धिले थलिएका छन् । निगमले गएराति इन्धनमा मूल्यवृद्धि गरेपनि पेट्रोलमा २४ रुपैयाँ ७० पैसा र डिजेलमा १८ रुपैयाँ प्रतिलिटरका दरले घाटा व्यहोरिरहेको छ । घाटा व्यहोर्दा इन्डियन आयल कर्पोरेशनलाई तिनुपर्ने बक्यौता रकम बढेर २६ अर्ब रुपैयाँ पुगेको आयल निगमले जनाएको छ ।

चालु आर्थिक वर्षको वैशाख महासन्तसम्ममा निगमलाई ४७ अर्ब नोक्शासन भइसकेको र असार मसान्तसम्ममा झण्डै ६० अर्ब नोक्शान हुने स्थिति रहेको जनाइएको छ । निगमका अनुसार ९ असार सम्ममा तेल खरीद वापत वक्यौता रकम गरी ३८ अर्ब रुपैयाँ आइओसीलाई भुक्तानी दिनुपर्नेमा पेट्रोलियम पद्धार्थको भुक्तानीबाट १२ अर्ब मात्र भुक्तानी दिन सकिएको उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय