तारा एयरको विमान दु,र्घटना प्रकरण : ‘ब्ल्याक बक्स’बाट रिकभर भयो २० मिनेटको अडियो

मुस्ताङमा दु,र्घटनाग्रस्त तारा एयरको 9N AET विमानको ककपिटमा रेकर्ड भएको अडियो रिकभर भएको छ ।पोखराबाट जोमसोम जाँदै गर्दा भएको विमान दुर्घटनाका सम्बन्धमा छानबिन गर्नका लागि गठित आयोगले ककपिटमा भएको कुराकानीलाई ब्ल्याक बक्सबाट सफलतापूर्वक रिकभर गरेको हो ।

स्रोतका अनुसार दु,र्घटनाग्रस्त विमानको ककपिट भ्वाइस रेकर्डर (ब्ल्याक बक्स) मा २० मिनेटसम्म संवाद रेकर्ड भएको भेटिएको छ ।छानबिन आयोगले ककपिटमा भएको उक्त वार्तालापलाई डिकोड गर्न पठाएको छ । डिकोड हुनेबित्तिकै दुर्घटनाअघि विमानको ककपिटमा भएको कुराकानी सुन्न सकिनेछ ।अन्तिम अवस्थामा पाइलटहरूबीच भएको कुराकानी सुन्दा दुर्घटनाको कारण पत्ता लगाउन सहयोग पुग्ने विश्वास गरिएको छ । पोखरा जोमसोमको यात्रा करीब २० मिनेटको हो ।



छानबिन आयोगले विभिन्न कागजात संकलन गर्नेदेखि सम्बन्धित व्यक्तिहरूसँग बयान लिने काम समेत शुरू गरेको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्रलाल सुमन अध्यक्ष तथा दु,र्घ,टना जाँच इन्चार्ज रहने गरी आयोग गठन गरेको छ ।आयोगको सदस्यमा क्याप्टेन दीपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इञ्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य र मन्त्रालयका प्राविधिक सहसचिव बुद्धिसागर लामिछाने छन् ।

आयोगलाई दुर्घटनाको कारण पत्ता लगाई भविष्यमा यस्ता घटना दोहोरिन नदिने उपाय सिफारिश गर्ने कार्यादेश दिइएको छ।यस विषयमा छानबिन गर्नका लागि समयावधि भने तोकिएको छैन, तर पनि ४ महिनासम्ममा प्रतिवेदन बुझाउने तयारी गरिएको छानबिन आयोगका एक सदस्यले बताए ।

‘पहिले ३ महिनाभित्रमा प्रतिवेदन बुझाउनुपर्ने हुन्थ्यो तर अहिले समयावधि किटान गरिएको हुँदैन,’ ती सदस्यले भने, ‘तर पनि हामी चार महिनासम्ममा छानबिन सम्पन्न गरेर प्रतिवेदन बुझाउनेछौं ।’जेठ १५ गते मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङनजिकै सानुसरे भीरमा भएको दु,र्घटनामा २२ जनाको मृ,त्यु भएको थियो ।मौसमको खराबीका कारण विमान दुर्घटना भएको हुन सक्ने छानबिन आयोगको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय