कांग्रेसले घमण्ड नगरोस्, घमण्ड गर्यो भने एमालेकै हालत बनाइदिन्छु : प्रचण्ड

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दल अरु पार्टीहरुसँग तुलना गर्न नसक्ने गरी मजबुत बनेको प्रमाणित भएको बताएका छन् । मोरङमा शुक्रबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले सिटमा थोरै थलमाथि भए पनि एमाले सबभन्दा ठूलो पार्टी भएको बताए । स्थानीय चुनावमा लोकप्रिय भोट सबभन्दा बढी एमालेले पाएको भन्दै उनले भने, सिटमा अतिकति तलमाथि भयो होला ।

तर त्यो जम्मा सिट आफ्नो भोटले होइन । यो थालमा जुठा गाँसहरु परेका छन् । नेकपा एमाले त्यस्तो होइन, आफ्नै भोट छ तर कतिपयले कांग्रेसलाई एमालेको हालत बनाइदिने भनेर धम्की दिएको भन्दै प्रचण्डप्रति व्यंग्य गरे । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हालै एक सार्वजनिक कार्यक्रममा कांग्रेसमा दम्भ देखिए एमालेको जस्तो हालत बनाउने चेतावनी दिएका थिए ।



कांग्रेसले घमण्ड नगरोस्, घमण्ड गर्यो भने एमालेकै हालत बनाइदिन्छु । एक जनले धाक लगाएको सुनियो’, प्रचण्डको नाम नलिई एमाले अध्यक्ष ओलीले भने, ‘तिनको उचाई कति छ भनेको कम्मर कम्मर अलि पुग्दा रहेनछन् । धाक चाहिँ कत्रो थियो भने कांग्रेसले घमण्ड नगरोस्, एमालेको हालत बनाइदिउँला । आफ्नो हालत के छ भन्दा घुँडाघुँडा । यस्ताले धाक लगाउँछन् एमाले जस्तो बनाउने । एमाले जस्तो हुन पाए के गर्थे होलान् तिनले मान्छे कुट्दै थिड्थे । पहिले मान्छे मार्दै हिँडेको होइन ओलीले भने, देशको सबभन्दा ठूलो बनाउन पाए के खोज्थे ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय