देउवा राष्ट्रपति, प्रचण्ड प्रधानमन्त्री…

संसदीय निर्वाचनमा माओवादीसंगको गठबन्धन कायम राख्न दबाबमा रहेका कांग्रेस सभापति देउवा पनि राजनीतिका राम्रै खेलाडी हुन् । त्यसमाथि अघिल्लो संसदीय निर्वाचनमा माओवादीसँग तालमेल नगरेकै कारण भोगेको कष्ट, आफ्नै नेतृत्वमा ठूलो पार्टी बनाउने चुनौती लगायतका कारण सबै विकल्पमा जान देउवा तयार छन् । यसपछि राजनीतिबाट ‘सेफल्याण्डीङ’ हुने उनको चाहना भएकैले पनि यो अवसर उनले गुमना नदिने कांग्रेसकै नेताहरूले दाबी गर्ने गरेका छन् ।

स्थानीय निर्वाचनपश्चात देउवा र प्रचण्डबीचमा भएका छलफलमा पनि यस मोडालिटीबारे छलफल भएको उनीहरूको दाबी छ । उनीहरूका अनुसार देउवामाथि प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्ने दवाव पनि छ ।



एकातिर प्रचण्डले प्रधानमन्त्रीको कार्ड फ्याँकीसकेका छन् भने अर्कातिर देउवालाई प्रधानमन्त्री बनाउन प्रचण्डले खेलेको भूमिका र त्यागबारे कांग्रेसकै बैठकमा देउवाले गुणगानगाउने गरेका छन् । देउवाले यो पटक कम्युनिष्टहरू मिलेको खण्डमा माओवादी र एमाले मात्रै नभएर सानातिना सबै पार्टी एक हुनसक्नेबारे पनि पार्टीको बैठकमा भन्ने गरेका छन् ।

प्रचण्ड र देउवासँगै छलफलमा बसेका कांग्रेसका एक नेताका अनुसार संसदीय निर्वाचनका लागि केही विकल्पमा छलफल भैसकेको छ भने केही विकल्पबारे पार्टीमा छलफल हुने गरेको छ । जुन विकल्पमा भएपनि ओलीलाई थप साइजमा ल्याउन यो गठबन्धन टुट्न नहुने ति नेताले बताएका छन् ।

पछिल्लोपटक भएको छलफलमा प्रचण्डले देउवालाई राष्ट्रपति बन्न प्रस्ताव गरिसकेको र यो प्रस्तावमा देउवाले कुनै प्रतिक्रिया नजनाएको बताइएको छ । उक्त भेटमा प्रचण्डले आफूले गिरिजा प्रसाद कोइरालालाई आफूले राष्ट्रपति बनाउन नपाएकोले अहिलेसम्म पछुतो लागेको बताउँदै देउवालाई यस्तो प्रस्ताव गरेका थिए ।

‘त्यो बेला मैले गिरिजाबाबुलाई राष्ट्रपति बनाउन नपाएकाले अहिलेसम्म पछुतो छ, तपाईं संसदको चुनावपछि राष्ट्रपति बन्नुहोस्, त्यो वातावारम नेले बनाउँछु ।’ प्रचण्डको भनाई उद्घृत गर्दै कांग्रेसका एक नेताले बताए । उनका अनुसार प्रचण्डले देउवालाई राष्ट्रपति प्रस्ताव गर्नुको सोझो अर्थ भनेको आफू प्रधानमन्त्री बन्न चाहनु हो ।

देउवाले यो प्रस्तावमा कुनै प्रतिक्रिया भने नदिएको ति नेताको दाबी छ । उनका अनुसार भोलीका दिनमा हुने छलफल र वार्ताले त्यहाँसम्म पुग्न सक्ने आधार पनि छन् । यदि अन्य विकल्पामा कुरा नमिलेको खण्डमा देउवाले यहि मोडलको सहमति गर्नसक्ने उनी बताउँछन्।

यदि यस्तो सहमति भएको खण्डमा कांग्रेस र माओवादीले आधा-आधा समय सरकारको नेतृत्व गर्नेछन् । पहिलो साढे दुई वर्षका लागि प्रचण्ड प्रधानमन्त्री बनाउने र त्यसपछि कांग्रेसका कुनै नेताले सरकार चलाउने उनको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय