काठमाडौं । आफ्नै आमाबाबु विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएपछि र्यापर सुदिप भण्डारी उर्फ जि(बब यतिबेला विवादमा छन्।
परिवारसँग भएको विवादपछि आज उनले पत्रकार सम्मेलनको आयोजना गर्दै रिह्याब सेन्टरमा फर्किने बताए। स्वस्थ हुनका लागि आफू रिह्याबमा फर्कने बताएपनि उनले अब आमाबुबासँग भने बस्न नसक्ने बताए।
जिबबका आमाबाबुले यसअघि छोरा ड्रग दुव्र्यशनीमा फसेको तथा एनटीएफले कब्जामा राखेको भन्दै मिडियामा गुनासो गरेका थिए।
तर, जिबबले आमाबाबुसँगको सम्बन्ध पहिल्यैदेखि समस्याग्रस्त रहेको भन्दै आफूले स्वतन्त्र हुन चाहेको बताए। आफूले बाबुलाई यसअघि फोटोमा देखको भन्दै अस्ति भर्खर दुबईबाट फर्केर आएको बुबासँग आफू नबस्ने उनले बताए। आमाबुबासँगको सम्बन्ध समाप्त नै गर्न चाहेको उनको भनाइ थियो।
जिबबले पत्रकार सम्मेलनमै अश्लिल शब्द बोल्न समेत भ्याए। व्यक्तिगत स्वतन्त्रता भन्दै उनले माइकमै अश्लिल शब्द बोलेका हुन।
ताजा समाचार
लोकप्रिय
© 2023, All rights reserved to Mero ShareBajar // Website By Lumbini Host