दोर्दीखोलाको आईपिओमा आवेदन दिने आज अन्तिम दिन

दोर्दीखोला जलविद्युत कम्पनीले निष्काशन गरेको आईपिओमा आवेदन दिने आज जेठ ३१ गते अन्तिम दिन रहेको छ । कम्पनीले जेठ २६ गतेदेखि सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको हो ।

कम्पनीले सर्बसाधारणलाई २१ लाख ९५ हजार ५ सय ९ कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ३ प्रतिशत अर्थात् ६५ हजार ८ सय ६५ कित्ता शेयर कम्पनीका कर्मचारीलाई छुट्याईएको छ भने ५ प्रतिशत अर्थात् १ लाख ९ हजार ७ सय ७५ कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ । बाँकि रहेको २० लाख १९ हजार ८ सय ६९ कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् ।

यस निष्काशनमा न्युनतम १० कित्ता र अधिकतम १७ लाख कित्तासम्मको लागि आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

कम्पनीले लमजुङको दोर्दी गाउँपालिकामा १२ मेगावाट क्षमताको दोर्दी १ जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय