आइपीओ भर्ने संख्या कम हुँदै , आज अन्तिम दिन सम्म दोर्दी खोला जलविद्युतमा आवेदन दिने संख्या पनि धेरैनै कम

काठमाडौं : दोर्दी खोला जलविद्युतको आइपीओमा १ अर्ब ७८ करोड ७५ लाख ६२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार अन्तिम दिन मंगलबार (जेठ ३१ गते) साँझ ५.३१ बजेसम्ममा १५ लाख ५९ हजार ५८ जनाले १ करोड ७८ लाख ७५ हजार ६२० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ८.८४ गुणा बढी आवेदन हो । यद्दपि, अन्तिम तथ्यांक आउन बाँकी भएकाले सामान्य तलमाथि हुने सक्नेछ ।

यो आइपीओ भर्ने आज (जेठ ३१ गते) अन्तिम दिन हो । दोर्दी खोला जलविद्युतले जेठ २६ गतेदेखि २१ करोड ९५ लाख ५० हजार ९ सय रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २१ लाख ९५ हजार ५०९ कित्ता साधारण सेयर गरेको छ । यो मध्ये ५% अर्थात् १ लाख ९ हजार ७७५ कित्ता सामुहीक लगानी कोष र ३% अर्थात् ६५ हजार ८६५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो ।

बाँकी २० लाख १९ हजार ८६९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने ब्यवस्था रहेको थियो । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले दोर्दी खोलाको आइपीओलाई ‘कियर एनपी आइआर डबल बी माइनस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । यो आइपीओमा सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय