हिमालयन हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज शेयर बाँडफाँड गरेको हो ।
कम्पनीले बैशाख २५ गतेदेखि जेठ २३ गतेसम्म अईपिओ निष्काशन गरेको थियो । कम्पनीले आयोजना प्रभावित कास्कीको मादी गाउँपालिकाका वडा नम्बर १,२,३,४, ६ र ७ का स्थानीयलाई शेयर निष्काशन गरेको हो । कम्पनीले यी ठाउँका स्थानीयलाई ९ लाख कित्ता शेयर निष्काशन गरेको हो ।
क्यापिटलका अनुसार यस आईपिओमा आस्वा प्रणालीबाट आवेदन दिने ६७८ जना आवेदकहरुबाट २,८४,४८६ कित्ता शेयरका लागि आवेदन प्राप्त भएको थियो । जसमा २३ जना आवेदकहरुबाट २,७३६ कित्ता शेयरको लागि प्राप्त भएको आवेदनहरु आयोजना प्रभावित क्षेत्र बाहेकको क्षेत्रबाट आवेदन प्राप्त भएकोेले उक्त आवेदनहरुलाई रद्द गरी ६५५ जना आवेदकहरुबाट २,८१,७५० कित्ता शेयरको लागि प्राप्त भएको आवेदनहरु रीतपूर्वक रहेको देखिएको क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार ६५५ जना आवेदकहरुलाई २,८१,७५० कित्ता शेयर बाँडफाँट गरिएको छ । आयोजना प्रभावितलाई शेयर निष्काशन गरी बाँडफाँड गरेसंगै अब कम्पनीले सर्बसाधारणलाई शेयर निष्काशन गर्ने छ ।
कम्पनीले कास्कीमा ११.८८ मेगावाटको नामर्जुन मादी आयोजना निर्माण सम्पन्न गरि विजुली उत्पदन गरिरहेको छ ।
ताजा समाचार
लोकप्रिय
© 2023, All rights reserved to Mero ShareBajar // Website By Lumbini Host