विन्ध्यवासिनी हाइड्रोपावरको आइपीओ बाँडफाँट मिति तय

काठमाडौं : विन्ध्यवासिनी हाइड्रोपावरको आइपीओ शुक्रबार (असार ३ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार आफ्नै कार्यालय नक्साल काठमाडौंमा शुक्रबार दिउँसो ३ बजेपछि आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो । यता, विन्ध्यवासिनी हाइड्रोपावरको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ ।

यसमा मागभन्दा १६.०९७ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । जसमा १ लाख ३६ हजार ५०० जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १७ लाख १२ हजार २०१ जनाको भने हात खाली हुनेछ । यसमा कुल १८ लाख ४८ हजार ७०१ जनाले २ करोड १९ लाख ७२ हजार ५२० कित्ताका लागि आवेदन दिएका छन् ।

कुल २ अर्ब १९ करोड ७२ लाख ५२ हजार रुपैयाँ बरारको आवेदन परेको छ । विन्ध्यवासिनीले जेठ २० गतेबाट २५ गतेसम्म सर्वसाधारणका लागि १३ लाख ६५ हजार कित्ता सेयर खुला गरेको हो । कुल १५ लाख कित्तामध्ये ५% अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोष र ४% अर्थात् ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी सेयर सर्वसाधारणका लागि खुला गरिएको थियो ।

रेटिङ एजेन्सी कियर नेपालले विन्ध्यवासिनीको आइपीओलाई ‘इस्यूअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । यो आइपीओमा सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय